बजेटका सन्दर्भमा बैंकर ज्ञवालीको समीक्षा

मनोज ज्ञवाली, डिपुटी जनरल म्यानेजर, नबिल बैंक लि.

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटलाई बैकर मनोज ज्ञवालीले समिक्षा गरेका छन् । बजेटका सन्दर्भमा ज्ञवालीको समीक्षा यस्तो छ :

अर्थमन्त्रीले आ.ब.2078-79 को लागी रु 16.49 खर्ब कोघ बजेट पेश गर्नुभएको छ।

– चालु खर्चमा 41.2%, पुजीगत खर्चमा 22.7%, स्थानीय तथा प्रदेशलाई 23.5% , बित्तीय ब्यबस्थापन मा 12.6% बजेट बिनियोजन।

–  राजश्व संकलन बाट रु 10.25 खर्ब र ऋण बाट रु 5.59 खर्ब संकलन गरिने।

मुख्य बुदाहरु:

1. सबैभन्दा बढि बजेट शिक्षामा- रु.1.8 खर्ब

2. स्वास्थ्यमा हालसम्मकै बढि रु. 1.23 खर्ब : खोप व्यवस्थापनका लार्ग रु. 26.75 अर्ब , कोभिड- 19 को रोकथाम, नियन्त्रण र उपचारका लागी रु. 37 .5 अर्ब।

3. ज्येष्ठ नागरिकको मासिक भत्ता बढाएर मासिक रु. 4 हजार। सबै प्रकारका सामाजिक सुरक्षा भत्ता 33 प्रतिशत वृद्धि। रु .1 खर्ब बजेट।

4. बाटो, सुरुङ, मोनोरेल, जलयातायात रेल केही छुटेको छैन भने रेलको लागी रु 10 अर्ब 3 करोड।

5. प्रधानमन्त्री रोजगार योजना 12 अर्ब र राष्ट्रपति शिक्षा 10 अर्ब। बालबालिका पढन र स्यानटरि प्याड रु.4 अर्ब।

6. संस्कृत, पर्यटन तथा नागररक उड्यन मन्त्रालय. 27 अर्ब 47 करोड ।रामजानकि मन्दिर सहित धेरै धार्मिक स्थललाई बजेट।

7. आवास र शहरी विकास मा जोड। शहरी विकास मन्त्रालयका लागी रु .41.2अर्ब।

8. विभिन्न क्षेत्रका नागरिकहरूलाई खुशी पार्ने कोशिस :

– जेष्ठ नागरिक भत्ता रु. 4 हजार।

– सबै राष्ट्र सेवक कर्मचारीहरुको तलब रु.2 हजार बढ्यो।

दक्षिण यसियाको मुलुकहरू हाराहारी हुनेगरी अगाडि बढाउन पे- कमिसन गठन हुने।

– बालविकास कक्षाका शिक्षिकाको तलब रु.15 हजार ।

– 52 हजार महिला स्वास्थ्य स्वयंसेवीकालाई यातायात खर्च 6 हजार बाट 12 हजार।

– स्टार्टअपलाई 5 प्रतिशत ब्याजमा 25 लाखसम्म -ऋण,सटिफिकेट धितो राखी 25 लाखसम्म दिइने।

– सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान दिन रु 13 अर्ब ।

– युवाहरूलाई 1% मा रु 25 लाख सम्म ऋण रु 1 अर्ब।

-2 लाख रोजगारी दिन प्रधानमन्त्री रोजगार कार्यक्रम मा रु 12 अर्ब ।

-1 लाख लाई सिप विकास तालिम का लागी रु 40 करोड।

-रासायनिक मल अनुदानको लागी रु 12 अर्ब।

– निषेधाज्ञामा 20 युनिटसम्म विद्युत खपत गर्नेलाई शत प्रतिशत छुट

– महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च शत प्रतिशत वृद्धि

– मासिक न्यूनतम 20 हजार लिटर खानेपानी उपयोग गर्दा महसुल छुट

– मेड इन नेपाल, मेक इन नेपाल अभियान

– 10 बर्षभित्र पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारी विस्थापन ।

– सामाजिक सुरक्षा कोषको दायरा विस्तार गर्ने, यो बैशाख र जेष्ठ महिनाको योगदान रकम सरकारले तिर्ने।

-रेमिट्यान्स को रकम FD मा आयो भने 1% थप ब्याज

9.छुट तथा सहुलियत:

– मूल्यअभिबृद्धिकर को खरिद तथा विक्रि खाता हरेक वर्ष कर अधिकृत बाट स्यीकृत गर्ने व्यवस्था खारेज।

-होटल, टुरिज्म, ट्राभल जस्ता अति प्रभावित क्षेत्र लाई 1% मात्र कर र नोक्सानीलाई 10 बर्ष सम्म carry forward गर्न पाउने।

-अक्सिजन उद्योगका उपकरण आयातमा लाग्ने भन्सार र भ्याट मिनाहा

– हवाई, यातायात, ट्राभल, होटल,चलचित्र उद्योगमा इजाजत र नवीकरण दस्तुर छुट

– विद्युतिय गाडी खरिदमा लाग्ने अन्त शुल्क शत प्रतिशत छुट तथा भन्सार महशुलमा व्यापक कटौटी।

– कारोबारमा आधारित कर तिर्ने सिमा बढेर 50 लाखबाट 1 करोड

– अनुमानित करको लाग्ने सिमा 20 लाखबाट बढेर 30 लाख

– म्यूचुअल फण्डको आम्दानीमा कर छुट

– डीजल तथा एलपि ग्यास खरिदमा लाग्ने भ्याटको क्रेडिट लिन पाइने

– राष्ट्रिय सहकारी बैंक तथा सहकारी संस्थाको ब्याज आम्दानीमा लाग्ने TDS कट्टा गर्नु नपर्ने ।

– बैकहरुले बैदेशीक ऋणको ब्याज भुक्तान गर्दा TDS काट्न नपर्ने।

– रु 5 हजार सम्म को घरको ईन्सुरेन्स प्रिमियममा कर छुट

-नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निशुल्क उपचार।

10.अन्य:

-सबै प्रमुख शहरमा अब 2 घण्टामा पुगीने गरी यातायात व्यवस्थापन गरिने।

-बिमाको पहूच 1 करोड नागरिक सम्म पुर्याउने।

– पुजीगत लाभकर् मा बृद्दि। 7.5% सम्म

समीक्षा:

1.चालु बर्ष को बजेट रु.14.74 खर्ब को हाराहरी 80% मात्रै खर्च हुने देखिन्छ। यो हिसाबले बजेट अली बढि महत्वाकांक्षी देखिन्छ।

  1. चुनाबको मिति नै तोकेको सरकारले चुनावको लागि बजेट छुट्याएको छैन र सांसद विकास कोषमा समेत बजेट राखेको छैन। यसले गर्दा सरकार यसैगरी चलाउने लक्ष्य लिएको देखिन्छ।

3.स्वास्थ्यलाई प्राथमिकतामा राखेर बजेट बनाउनु सह्रानीय छ। सदुपयोगिता सरकारले प्रत्याभुत गर्न सक्यो भने लक्ष्य राम्रो छ।

  1. नीति तथा कार्यक्रम सबै नागरिकलाई समेटेर ‘ पपुलिष्ट’ सोच लिएर ल्याएको छ। यसरी चारैतिर कनिका छरेजस्तै बजेट छरिंदा पुजीगत बजेट कम हुदै गएको छ। तर पनी सबैलाई सम्झेको छौ है भन्ने सन्देश बजेटले दिएको छ।
  2. विवादित सांसद विकासकोषमा बजेट बिनियोजन नगरेर सरकारले राम्रो सन्देश दिएको छ।

6.पोहोर सालको भन्दा बजेट अली सन्तुलित छ, बजेटका अनुमानहरू पोहोर सालको जस्तो हावादारी छैनन र लोकप्रिय हुने लक्ष्य सहित आएको छ। तर श्रोत संकलन तर्फ सरकार बढि आशावादि भएर अनुमान गरेको छ।

  1. सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम जस्ता धेरै कार्यक्रम थपेको छ तर गत वर्षमा भएको बजेटको सदुपयोगीता के छ सोध्यो भने चुप लाग्नु पर्न स्थिति छ।
  2. सरकारको अबस्था र जुन मनोवृत्ति अनुसारको बजेट छ। राम्रो चुनावी घोषणापत्र लेख्ने विज्ञहरू पनी बजेट लेखनमा समावेश भएको झल्को धेरै ठाउँमा देखिन्छ।

बजेट दूरगामी सोच भन्दा पनी तत्कालका समस्याहरूमा केन्द्रित भएर अनी आफ्नो चुनावी घोषणाहरू सम्झिदै र सकेसम्म मान्छे तत्काललाई खुशी पारौं पछि हेर्दै गरौला भनेर तयार पारिएको छ। बजेट आइसक्यो यसको लक्ष्य प्राप्त होस, हरेक बर्ष उही नारा र उहि योजना थपीदै गर्दा भएको उपलब्धीसंगै गणना गरेर बोल्ने ठांउ आवस। यो अवस्थामा बजेट यस्तै अपेक्षित थियो।

 

You might also like

Comments are closed.