लन्च भयो नोकिया सी २०

काठमाडौं । एचएमडी ग्लोबल, होम अफ नोकिया फोन्सले नवीनतम सी–सिरिज स्मार्टफोन, नोकिया सी २० को लन्च गरेको छ । लाइफ इज टु बि लिभ्ड नर्डिक डिजाइन र बिल्ड–क्वालिटीबाट निर्मित, अल–डे ब्याट्री लाइफ भएको एन्ड्रोइड११त्ः(गो एडिसन) र सुरक्षा अपडेट–सबैरु ११,०००मूल्य अन्तर्गत–नोकिया सी २० ले प्रदान गर्दछ ।

प्रस्तुत गर्न सकिने तीन वटा छुट्टै स्मार्टफोन सिरिज मध्य एकको प्रतिनिधित्व गर्दै (एक्स–सिरिज, जी–सिरिज र सी–सिरिज) रहेको नोकिया सी २० ले स्मार्टफोन टेक्नोलोजीलाई अझ बढी सुलभ बनाउँदछ। यसको अल्ट्रा–हाई भ्यालु प्राइस प्वाइन्ट र स्टान्डर्डको रुपमा दुई वर्षको फ्रि सेक्युरिटी अप्डेटले उपभोक्तालाई पिस अफ माइन्ड प्रदान गर्दछ ।

प्यान एसिया एचएमडी ग्लोबलका महाप्रबन्धक रवि कुँवर भने, “नोकिया फोनको सबै उपकरणहरुलाई एचएमडी ग्लोबलको सन्देश– लभ इट, ट्रस्ट इट र किप इटले दर्शाउँछ। लभ इट–हामी उपकरणहरुको साथ अद्वितीय स्मार्टफोनको एक्सपेरियन्सहरु प्रदान गर्दछौँ जसले राम्रो ब्याट्री लाइफ, छिटो प्रदर्शन र एक्सेप्सनल डिजाइन फिलोसोफी प्रदान गर्दछ जसको कारण प्रशंसकहरु नोकिया फोनहरु प्रति अझै बढी आकर्षित हुन्छन्।ट्रस्ट इट–हाम्रो फोनहरु तीन वर्षको सुरक्षा अपडेटसँग कन्सिस्टेन्ट छन् जसले डाटा ब्रिचेजबाट प्रयोगकर्ताहरुलाई मानसिक शान्ति प्रदान गर्दछ।किप इट–एचएमडी ग्लोबलले हार्डवेयरको मार्फत मात्र नभई सफ्टवेयर मार्फत पनि र २ वर्षको अपरेटिंग सिस्टम अपग्रेड्सका साथ फोनलाई अप–टु–डेट र फ्रेस एज न्यू बनाएर यसलाई सस्टेनेबल र ड्युरेबल बनाई लाइफ एक्सपेक्टेन्सी बढाउने कायम गरेको छ। जति लामो समय हामी हाम्रो फोनमा खर्च गर्छौँ त्यति नै यसले फोहोर व्यवस्थापनमा कमी ल्याएर नेपालको वातावरणमा राम्रो प्रभाव पार्नेछ।”

५ एम्पीको फ्रन्ट र रियर क्यामेराको साथ तपाईँले लो लाइटमा पनिआफ्नो प्रियजनहरुसँग अविष्मरणीय पलहरुकैद गर्न सकिन्छ । अगाडि र पछाडिको एलईडी फ्लासको मद्दतले तपाईँले यी महत्वपूर्ण क्षणहरुलाई बिहान देखि बेलुकासम्म आफ्नो चित्रहरु र सेल्फीहरुलाई उज्यालो बनाउँदै क्याप्चर गर्न सकिन्छ ।

ठूलो ६.५ इन्चको एचडी+ स्व्रिmनको साथ ३००० एमएएच ब्याट्रीको संयोजनले तपाईँ ब्याट्रीको चिन्ता बिना प्रयोग गर्न सकिन्छ ।
एन्ड्रोइड ११(गो एडिसन)ले एप्लिकेशनहरु खोल्नको लागि, फोटो र भिडियोहरु खोज्न र शेयर गर्नको लागि छिटो र सजिलो बनाउँदछ । दुई वर्षका लागिसुरक्षा अपडेट र थप गरिएको सेक्युरिटी फिचर्सहरुको साथ फोन सुरक्षित रहने बताइएको छ । स्यान्ड र डार्क ब्लु रंगमा नोकिया सी २–३२ जीबीको कन्फिगुरेशनमा १० हजार ९ सय ९९ रुपैयाँमा मोवाईल उपलब्ध हुने कुँवरले बताए ।

You might also like

Comments are closed.