हवाई इन्धनको मूल्य घटाउन मन्त्री ढकालको निर्देशन

 

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री भानुभक्त ढकालले हवाई इन्धनको मूल्य घटाउन सम्बन्धित निकायका पदाधिकारीलाई निर्देशन दिएका छन् ।

मन्त्री ढकालले बिहीबार मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मन्त्रालयका सचिव दिनेश भट्टराई, नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल, नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेललगायतसँग छलफल गरेर मूल्य घटाउन निर्देशन दिएका हुन्।

अन्तर्राष्ट्रिय विमान कम्पनीले प्रयोग गर्ने हवाई इन्धनको मूल्य घटाउन विभिन्न संस्थाहरूले माग पनि गर्दै आएका थिए ।

You might also like

Comments are closed.