श्रीमान्, श्रीमती दुवै जना मन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल हेरफेर गर्ने क्रममा शुक्रबार एमाले नेता शेरबहादुर तामाङलाई पनि मन्त्री नियुक्त गरेका छन् । उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

मन्त्री तामाङले संघीय सरकारको मन्त्रीको जिम्मेवारी पाएका छन् भने उनकी श्रीमती उशा कला राई प्रदेश नं. १ को सामाजिक विकास मन्त्री छन् । गत चैतमा उनले प्रदेश सरकारमा मन्त्रीको सपथ लिएकी थिइन् ।

jutta mela

त्यसो त शुक्रबार उपप्रधानसहित परराष्ट्रमन्त्रीमा नियुक्त भएका रघुवीर महासेठका पतिपत्नी पनि संघीय सरकारमा पालैपालो नियुक्त हुने अवसर पाएका छन् । २०७४ चैतमा महासेठ भौतिक पूर्वाधार मन्त्री बनेका थिए ।

२०७७ पुस २० गते महासेठ मन्त्रीबाट बाहिए । त्यसपछि मन्त्रीपरिषद विस्तार हुँदा पत्नी जुली कुमारीले महिला तथा बालबालिका मन्त्री मनोनित भइन् ।

You might also like

Comments are closed.