काठमाडौं । वार्षिकोत्सवको अवसरमा नेपाल बंगलादेश बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारलाई ६६ लाख रुपैयाँ बराबरको २५०० भायल रेम्डिसिभिर इन्जेक्सन हस्तान्तरण गरेको छ । साथै सुदुरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिका, महाकाली अञ्चल र टिकापुर अस्पताललाई ४ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । उक्त रकमबाट सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र टिकापुर अस्पताललाई आवश्यक पर्ने अक्सिजन प्लान्ट स्थापना गर्ने, अक्सिजन सिलिण्डर तथा अक्सिजन कन्सन्ट्रेटर खरिद गर्ने बताइएको छ ।
नेपाल बंगलादेश बैंकले सामाजिक काम गर्दै २७औं वार्षिकोत्सव मनाएको हो । नेपाल राष्ट्र बैंकबाट क बर्गको इजाजत प्राप्त यस बैंकले २०५१ साल जेठ २३ गते आफ्नो बैकिङ कारोबार शुभारम्भ गरेको थियो ।
नेपाल बंगलादेश बैंक विदेशी संयुक्त लगानीमा संचालित बैंक हो । यस बैंकमा मित्र राष्ट्र बंगलादेशको क्ष्ँक्ष्ऋ बैंकको ४०.९० प्रतिशत लगानी छ । बैंकले हाल सातै प्रदेशमा ९९ वटा शाखा, ८ वटा एक्सटेन्सन काउन्टर तथा ८१ वटा एटिएमबाट ग्राहकलाई बैकिङ सुबिधा दिदैं आएको छ । बैंकले अत्याधुनिक बैकिङ सुबिधाहरु दिनुको साथसाथै संस्थागत सामाजिक उत्तरदायित्वलाई सधै उच्च प्राथमिकतामा राख्ने गरेको छ ।
वार्षिकोत्सवको अवसरमा बैंकको २७ वर्षसम्मकोे निरन्तर यात्रामा सहयात्री भई साथ दिने ग्राहक, शुभचिन्तक, शेयरधनी, नियामक निकाय एवं साझेदार संस्थाहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनहरुमा अझ सुदृढ सेवा र सुबिधा दिंदै ग्राहक महानुभावहरुको जीवनमा सहजता प्रदान गर्ने प्रतिबद्घता जनाएको छ ।






Comments are closed.