राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग

 

काठमाडौ । नेपाल हस्तकला महासंघले राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेको छ । हस्तकला उद्यमी व्यवसायीको प्रतिनिधिमूलक छाता सङ्गठन महासंघले विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमण बढ्दै गएको भन्दै कोरोना नियन्त्रणका लागि जनहितकारी कार्यमा संलग्न रहँदै आएको केन्द्रलाई आइतबार १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

महासंघका निमित्त महानिर्देशक ऋषिराज सुवेदीले आविस्कार केन्द्रबाट कोभिड–१९ बाट सङ्क्रमितको उपचारका लागि सञ्चालित कार्यक्रमको उच्च मूल्याङ्कन गर्दै आर्थिक सहयोग गरिएको राससलाई जानकारी दिए ।

महासंघले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेको उक्त रकम ग्लोबल आइएमई बैंक लिमिटेड नयाँ बानेश्वर शाखाको खातामा जम्मा गरिएको जनाएको छ । सो सहयोगले कोभिड–१९ न्यूनीकरणमा थप सहयोग पुग्ने विश्वाससमेत महासंघले लिएको छ । महासङ्घले आफ्नो संस्थाको सामाजिक उत्तरदायित्वअन्तर्गत यसअघि थापाथली प्रसूतिगृह, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताललगायतलाई स्वास्थ्य सामग्री सहयोग गरेको थियो ।
रासस

You might also like

Comments are closed.