होम डेलिभरी सेवालाई निशेधाज्ञामा पनि कायम राख्न सर्वोच्चको आदेश (आदेशसहित)

काठमाडौं । निशेधाज्ञाको समयमा होम डेलिभरी सेवालाई नरोक्न सर्वोच्चले आदेश दिएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र डा. कुमार चुडालको संयुक्त इजलासले सोमबार अन्तरिम आदेश दिदै निशेधाज्ञामा होम डेलिभरी सेवालाई सुचारु राख्न आदेश दिएको हो ।

फूड डेलिभरी तथा इ–कमर्श कम्पनीहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेका थिए ।

यो फैसलासँगै अब इकमर्श कम्पनीले आफ्नो सेवालाई निरन्तरता दिन पाउनेछन् । आदेशमा भनिएको छ,“सामाजिक दूरी, मास्क, स्यानिटाइजर, पिपिइलगायतका साधनको प्रयोग गरी खरीदबिक्री तथा होम डेलिभरीको सेवा प्रदान गर्ने कम्पनीहरुलाई प्रस्तुत मुद्दाको अन्तिम किनारा नलागेसम्मका लागि सेवा प्रदान गर्ने काम रोक्ने कार्य नगर्नू ।” बजारमा भीडभाड कम गरी सकेसम्म नागरिकलाई घर बाहिर जानु नपर्ने स्थिति सिर्जना गर्नका लागि अनलाइनका माध्यमबाट खरीदबिक्री तथा होम डेलिभरी प्रदान गर्नमा रोक लगाउन उपयुक्त नहुने आदेशमा जनाइएको छ ।

jutta mela

You might also like

Comments are closed.