पोखरा । ट्रेकिंङ एजेन्सीज एशोसियसन अफ नेपाल (टान), पश्चिमान्चल क्षेत्रीय संघ, पोखराको आयोजना , कर्मा फ्लाईट्स फाउन्डेसन नेपालको साझेदारी , नेपाल पर्यटन बोर्डको सहयोग र समन्वय, स्थानीय पो म न पा वडा नं ६ को समन्वयमा राहत सवतरण गरिएको छ ।
पोखरा ६, शान्तिपाटन , टानको सचिबालय भवन परिसरमा स्वास्थ्य मापदण्ड पालनागरि अति प्रभाबित बिपन्न पदयात्रा मजदुरहरु (पथप्रदर्सक र सहयोगीहरु) को सहयोगार्थ तत्काल रासन राहत स्वरुप बिभिन्न खाद्यन्न बितरण गरिएको बताइएको छ । चामल, दाल, चना,केराउ, तेल, नुन, मस्यौरा (सोयाबिन), साबुन लगायतका सामग्री बितरण गरिएको टान पोखराका द्धितिय उपाध्यक्ष तथा कार्यक्रम संयोजक कृष्णप्रसाद आचार्यले जानकारी दिए । १३० जना (अति बिपन्न पदयात्रा मजदुरहरु, गाईड÷सहयोगीहरु) कास्की र नेपालको बिभिन्न ठाउँहरुबाट रोजगारीका लागी पोखरामा बालबच्चा सहित परिवारको साथमा घरभाडामा बसेका , बिगत १ बर्षदेखि पदयात्रामा बेरोजगार भै बैकल्पिक दैनिक रोजगारी गरिरहेका मजदुरहरु कोरोनाको दोस्रो लहरको बर्तमानको निशेधाज्ञाका कारण घरबाहिर निस्कने अवस्था नहुदा , यथेस्ट संचित खाधान्नको अभाब भै चुल्हो बल्न समस्या भएकालाई खाद्यान्य वितरण गरिएको हो ।
तत्काल रासन राहतको आवस्यकता भएका अति बिपन्न पदयात्रा मजदुरहरुको राहतको लागि यो अभियान संचालन गरिएको बताइएको छ । यो अभियान तत्कालको चुल्हो बाल्ने मात्र अल्पकालिन समस्या समाधानको लागी भएको र नेपालको पदयात्रा पर्यटनले पुन गति लिएर लयमा फर्कनका लागी कति समय लाग्ने भनि यसै यकिन गर्ने अवस्था छैन । अत दीर्घकालिन रुपमा पदयात्रा मा आश्रीत मजदुरहरुको समस्या समाधान र पर्यटनको जनशक्तिलाई जोगाईराख्नका लागी नेपाल सरकार , प्रदेश सरकार, स्थानीय सरकार र सरकारका बिभिन्न निकायहरुको टानले ध्यानाकर्षण गराएको अध्यक्ष सुशिलराज पौडेलले जानकारी दिए ।
कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालीका वडा नं ६ का वडा अध्यक्ष जगत बहादुर पहारी र विषेश अतीथी पोखरा पर्यटन परीषदका अध्यक्ष गोपी बहादुर भटराई थिए । कार्यक्रममा टान पोखराका पुर्व अध्यक्षहरु टिकाराम सापकोटा ,सोम बहादुर थापा , आन्तरीक पर्यटन प्रर्वद्र्धन समीतीका संयोजक अग्नी कडेल लगायत वडानं ६ का जनप्रतीनिधी लगायतको उपस्थिति थियो ।






Comments are closed.