हाम्रो सहयोगी सहकारीद्वारा अस्पताललाई सहयोग

पोखरा । पोखरामा रहेको हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाले १२औं वार्षिकोत्सवको उपलक्ष्यमा स्वास्थ्य तथा जिन्सी सामग्री सहयोग गरेको छ ।सहकारीका अध्यक्ष शुक्र राज कंडेलले अस्पताल निर्देशन बिकाश गौचनलाई सामग्री हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा सहकारीका सह सचिव कृष्ण प्रसाद तिमिल्सिना, कोषाध्यक्ष रूद्र बहादुर बिश्वकर्मा , संचालक दीपेन्द्र शर्मा, शिव संसार श्रेष्ठ, व्यवस्थापक जीवन अधिकारी, अस्पतालको तर्फबाट सुचना अधिकारी केदार नाथ लामिछाने, श्रीभद्र कंडेल, नेत्र प्रसाद उपस्थित थिए ।

jutta mela

सहयोग समग्री हस्तान्तरण गर्दै ,सहकारीका अध्यक्ष कडेंलले लामो ईतिहास र फरक पृष्ठभूम बाट स्थापना भई गरिब दुःखी तथा विशेष गरि ग्रामीण भेगका व्यक्तिको सफल उपचार गरि मन जित्न सफल अस्पताललाई सहयोग गर्न पाएकोमा खुसी लागेको बताए । अस्पताल प्रमुख बिकास गौचन ले संस्थालाई अति आबस्यक सामग्री प्रदान गरेकोमा बिरामी तथा बिरामी कुरूवाहरूलाई समेत सहज हुने विश्वास व्यक्त गर्दै सहकारी परिवार प्रति धन्यवाद ज्ञापन गरे साथै दिनहरूमा पनि यस्ता सहयोगलाई निरन्तरता दिन आग्रह गरे ।

उक्त कार्यक्रम संस्थाका सह सचिब कृष्णप्रसाद तिमिल्सिनाले सञ्चालन गरेका थिए । मुठ्ठी देखि सर्वस्व दानगरि स्थानिय व्यक्तीहरुको सक्रियतामा पोखराको मोहोरियामा स्थापित लेखनाथ सामुदायिक लायन्स अस्पताल हाल संक्रमण तथा सरूवा रोग अस्पताल, गण्डकी प्रदेशका रूपमा सञ्चालित छ ।

You might also like

Comments are closed.