पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीका लागि बहुमतको दाबि गर्न प्रदेश प्रमुख सीताकुमारी पौडेलले आह्वान गरेकी छन् । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत गुमाएपछि सरकार निर्माणको नयाँ चरण सुरु भएको हो ।
प्रदेश प्रमुख पौडेलले जेठ २९ गते ३ शनिबार दिउसो ३ बजेसम्मको समय दिएर विश्वासको मत प्राप्त गर्ने अवस्था भएमा संविधानको धारा १६८ को उपधारा (२)बमोजिम सरकारको दावी गर्न प्रदेश सभा सदस्यहरुलाई आह्वान गरेकी हुन् ।
प्रदेशमा रहेका ४ दल नेपाली कांग्रेस, माओवादी केन्द्र, जनमोर्चा र जनता समाजवादी पार्टीले गठबन्धन गरेका छन् । ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीका लागि बहुमत पुर्याउन ३१ मत आवश्यक पर्छ ।
Comments are closed.