काठमाडौं । बंगलादेश सरकारले आगामी २२ वर्षभित्र नेपालबाट ९ हजार मेगावाट विद्युत लैजाने योजना बनाएको छ । ढाकामा बिहीबार सुरु भएको ऊर्जा सप्ताह सम्मेलनका क्रममा सन् २०४० भित्र नेपालबाट ९ हजार मेगावट विद्युत लैजाने योजना रहेको उल्लेख गरेको हो । यो खबर आजको कारोबार दैनिकमा छ ।
ऊर्जा जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनसमेत सहभागी सो कार्यक्रममा बंगलादेशको ऊर्जा र खानी स्रोत मन्त्रालयअन्र्तगतको पार डिभिजनले सार्वजनिक गरेको योजना यस्तो उल्लेख छ ।
Comments are closed.