पोखरा । पोखराको नागढुङंगा बस्दैआएकी सन्तोषी तामाङको अल्पायुमा नै मृत्यु भएको छ । मृत्युपछि शव अन्त्येष्टीका लागि रकम नभएको भन्ने गुनासो आएपछि परिवर्तन नेपालले शवको अन्त्येष्टीका लागि दाउरा किन्न आर्थिक सहयोग गरेको छ ।
अध्यक्ष ढाकाकुमार श्रेष्ठ, सचिव हरि कार्कीको व्यक्तीगत र संस्थाबाट रकम सहयोग गरिएको ११ हजार रुपैयाँ सहयोग गरिएको सचिव हरि कार्कीले जानकरी दिए ।
ज्यामी काम गरेर जिविकोपार्जन गर्दै आएकी उनको छोराछोरी पनि साना छन् । छोराछोरीको लागि केही दिन पुग्ने खाद्यान्य पनि सहयोग गरिएको संस्थाका मिडिया सदस्य रञ्तिज दनाईले जानकारी दिए ।
संस्थाका सकसचिव अभिमन्यु पाण्डे, वित्तीय विभाग सदस्य लिखुराम खाती, रेक्सन राना, विद्यार्थी विभागका शुशान्त क्षेत्री लगायतले रकम हस्तान्तरण गरेका हुन् ।






Comments are closed.