कृष्ण अधिकारी
सञ्चालक, जनता ट्रेडर्स
औद्योगिक व्यापार मेला नाम दिएर जुन मेला उद्योग वाणिज्य संघले गर्दै आएको छ यो औद्योगिक व्यापार मेला जस्तो भएको छ भन्ने मलाई लाग्दैन । यसलाई व्यापार मेला भन्न मिल्छ । तर औद्योगिक व्यापार मेला भन्न मिल्दैन । औद्योगिक व्यापार मेला भन्ने बित्तिकै त्यहाँबाट केही सिक्न पाइयोस् भन्ने हो । लगानीको लागि प्रोत्साहन मेलाले गर्नुपर्ने हो तर खासै त्यस्तो वातावरण मैले देखेको छैन । आगामी दिनमा यसतर्फ संघको चासो जानुपर्छ । पोखरा तथा आसपासको क्षेत्रको आर्थिक गतिविधि चलायमान बनाउन मेलाको शुरुवात भएको हो जुन सकारात्मक पक्ष हो । यसले निरन्तरता पाइरहेको छ । तर यसको नाम र उद्देश्य अनुशार खासै काम भएको छैन । मेलालाई परिस्कृत रुपमा अगाडि बढाउनुपर्छ ।
Comments are closed.