ग्लोबल आइएमई लघुवित्तद्वारा ग्राहकलाई ब्याज छुट

काठमाडौं ।

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले कोरोना महामारीको अवस्थालाई मध्यनजर गर्दै ग्राहक सदस्यलाई रकम छुट गर्ने भएको छ ।

jutta mela

ग्राहकले वित्तीय संस्थालाई २०७८ असार मसान्त भित्र बुझाउनु पर्ने सम्पुर्ण साँवा ब्याज बुझाएमा सो अवधिसम्म पाकेको ब्याजमा १० प्रतिशतका दरले हुन आउने रकम छुट प्रदान गर्ने निर्णय गरेको बताइएको छ । साथै, सो अवधिसम्म ग्राहकबाट कुनै किसिमको हर्जाना तथा अतिरिक्त शुल्क नलिने जानकारी गराईछ ।

हाल वित्तीय संस्थाले आफ्ना ग्राहकको कारोबारको सूचना मोबाइलमा आउने गरी एसएमएस सुविधा संचालनमा ल्याएको छ भने कोभिडको महामारीमा ग्राहक सदस्यहरुलाई किस्ता बचत तिर्न सजिलो होस भन्ने अभिप्रायले ईसेवासँग सहकार्य गरी किस्ता भुक्तानी गर्ने व्यवस्था मिलाएको छ ।

You might also like

Comments are closed.