पोखरा । कोरोना महामारी र निशेधाज्ञाकाबीच परिवर्तन नेपालले विभिन्न सामाजिक काम गर्दै आइरहेको छ । संस्थाले पर्वतमा होम आइसोलेसनमा बसेका विपन्न परिवारका कोरोना संक्रमितलाई निःशुल्क औषधी वितरण गरेको छ । परिवर्तन नेपाल पर्वतका सफलता क्षेत्री र नविन अधिकारीको नेतृत्वमा औषधी वितरण गरिएको बताईएको छ ।
अबिरल बर्षाका कारण पर्वतमा आएको बाढी तथा पहिरो पीडितलाई राहतस्वरुप पालको व्यवस्था गरिएको संथाका सचिव हरि कार्कीले जानकारी दिए ।
कास्कीको अन्नपुर्ण गाउँपालिका ५ नयाँ पुलमा निशुल्क स्वाव संकलन तथा स्वास्थ्य परीक्षण र खाद्यान्य वितरण गरेको अध्यक्ष डा. ढाकाकुमार श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा सहकार्य गर्न चाहने संघ संस्था, व्यवसायी, तथा व्यक्तीमा सम्पर्कको लागि संस्थाले अपिल गरेको छ भने सहयोग गर्नेलाई आभार व्यक्त गरेको छ ।
संस्थामा डाक्टर तथा स्वास्थ्यकर्मी, प्राध्यापक एवं शैक्षिक व्यक्तित्व, इन्जिनियर, व्यवसायी, पर्यटन, कृषि लगायतका क्षेत्रमा आवद्ध व्यक्ति छन् । आवश्यकता अनुसार संस्थाले रचनात्मक तथा सृजनात्मक काम गर्दै आईरहेको छ ।
Comments are closed.