आर्थिक आवाज
पोखरा, २४ भदौ । पोखरा ६ स्थित शिवराम बरालको घरमा कोही नभएको अवस्थामा गत जेठ २४ गते करिव १४ तोला सुनका गरगहना लुटिएको थियो । सुनसहित ३ थान घडी, १ थान ट्याव चोरी भएको थियो । करिब ३ महिनाको अनुसन्धान पश्चात पोखरा २ बाग्लुङ बसपार्क बस्ने वर्ष १९ का बिकेस केसीसहित चोरीमा संलग्न पक्राउ परेका छन् ।
केसीको साथमा चोरी गर्न जाने सोही स्थानमा बस्ने वर्ष १८ को जिरे भन्ने लक्ष्मण नेपालीलाई पक्राउ गरी आवश्यक सोधपुछ गर्दा निजहरु दुवै चोर्न गएको पुष्टि भएको प्रहरीले जनाएको छ ।
उनीहरुले चोरेको सामसुङको ट्याव पोखरा १८ आदर्स बस्ती बस्ने वर्ष २८ को तारानाथ परियारले ५ हजार रुपैयाँमा खरिद गरेको र निजलाई समेत थप अनुसन्धानको लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनले चोरी भएको सुनका गरगहना डिकमा राखी लागु औषध दिने, केही पैसा समेत दिने गरी सुन राख्ने स्थाई वतन तनहुँ भई पोखरा २ नालामुख बस्ने वर्ष ३३ की मञ्जु केसीलाई समेत थप अनुसन्धानको लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ । साथै निज बिकेस केसी समेतको टोलीले अन्य कयौं स्थानमा चोरी गरेको समेत स्वीकार गरेका छन् ।
बरामद गरिएका चोरीका सामानहरु
सुनका गरगहनाः
२ तोलाको बेरुवा औठी थान १,
छाप्रे औठी अन्दाजी १ तोला थान १,
जन्तर अन्दाजी १ तोला थान(२
डल्लो, सुन अन्दाजी १ तोला
मङगलसुत्र अन्दाजी १ तोला थान १
मुन्द्रा थान २ अन्दाजी १ र ४ तोला
चाँदीको पाउजु थान ४
घडि थान थान ४
नगद ४५ हजार रुपैयाँ
ट्याव थान ३
मोबाइल थान ४
सुन जस्तो देखिने गरगहना – नोगेडि, चन्द्रमा, झुम्का
Comments are closed.