काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकद्वारा कोभिड—१९ बाट प्रभावित ग्राहकहरुलाई प्रचलित ब्याज रकममा १० प्रतिशत छुट दिने निर्णय गरेको छ । हाल विश्वव्यापी रुपमा देखा परेको कोभिड—१९ बाट प्रभावित उद्योग व्यवसायको पूनरुत्थानको लागि नेपाल सरकारले वार्षिक बजेट तथा नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत विभिन्न नीतीगत सहूलियतका कार्यक्रमहरु ल्याएको र यसै सन्दर्भमा नेपाल राष्ट्र बैंकले जेठ ११ गते परिपत्र जारी गरी बैंक तथा वित्तीय संस्थाहरुलाई आफ्ना ग्राहकहरुलाई प्रोत्साहन स्वरुप ब्याजदर वा ब्याज रकममा छुट प्रदानगर्न सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ ।
हाल कोभिड—१९ रोकथाम तथा नियन्त्रण गर्नको लागि जारी गरिएको निषेधाज्ञा तथा बन्दाबन्दीको विषम परिस्थतिका कारण कर्जा ग्राहकहरुको व्यवसायिक कारोवार बन्द रहेको तथा कर्मचारी कामदारहरुको रोजगारी गूमेको कारण नगद प्रवाहमा प्रतिकुल असर परेको छ ।
यसले गर्दा ग्राहकहरुले नियमितकर्जा भूक्तानी गर्न समस्या हूने देखिएको हूदा ग्राहकलाई व्याज रकममा छुट प्रदान गर्दा कर्जा भूक्तानी गर्न सहजहूने तथा व्यवसायको निरन्तरता एवं पूनरुत्थानमा सहयोग पूग्ने अपेक्षा गरी २०७८ साल असार मसान्त भित्र कर्जाको किस्ता तथा ब्याज बूझाउने कोभिड—१९ बाट प्रभावित ग्राहकहरुलाई निजहरुले बूझाउने प्रचलित ब्याज रकमको १० प्रतिशत रकम छुट प्रदान गर्ने निर्णय गरेको बैंकले जनाएको छ । ।यस ब्याज रकम छुट सूबिधाबाट नेपाल भरका ७ वटै प्रदेशका २४७ शाखा कार्यालयका १ लाख ८० हजार भन्दा बढी कर्जा ग्राहकहरु लाभान्वित हूने अपेक्षा गरिएको छ ।
Comments are closed.