नेप्सेमा भारी गिरावट

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा पहिरो गएको छ । एकैदिन ६३.२८ अंकले सेयरमा गिरावट आएर नेप्से परिसूचक २९०५.१३ विन्दुमा झरेको छ । सेन्सेटिभ तर्फ पनि १२.६१ अंकले गिरावट आउँदै परिसूचक ५२८.५१ विन्दुमा झरेको छ ।

आइतबार २३१ वटा कम्पनीको २ करोड ७३ लाख ४४ हजार भन्दा बढी कित्ता सेयर खरिद बिक्री हुँदा ११ अर्ब ८१ करोड भन्दा बढीको कारोबार भएको छ । सबैभन्दा बढी कारोबार नेपाल पुनर्विमा कम्पनीको भएको छ । यो कम्पनीको सेयर खरिद बिक्री ८० करोड भन्दा बढीको भएको छ ।

आइतबार सम्पूर्ण उपसूचकको मूल्य घटेको छ । सबैभन्दा बढी युनियन हाइड्रोपावरको सेयर मूल्य नकारात्मक सर्किटमा घटेको छ । कुमारी बैंकको प्रमोटर सेयरको मूल्य सबैभन्दा बढी ८.६२ अंकले बढेको छ ।

धितोपत्र बोर्डले मंगलबार विज्ञप्ति जारी गरी ५१ वटा कम्पनी जोखिममा रहेको बताएसँगै सेयर बजारमा लगातार नकारात्मक असर देखिएको छ ।

You might also like

Comments are closed.