लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाल भित्र्यायो हुन्डाई प्यालिसेड

 

काठमाडौं । हुन्डाई गाडीको नेपाल को लागि आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले नयाँ एसयूभी प्यालिसेड नेपाल भित्र्याएको छ । प्यालिसेड ७ सीटर प्रिमियम एसयूभी हो ।

कम्पनी स्रोत अनुसार यो कार छिट्टै नि आधिकारीक रूपमा सार्वजनिक हुनेछ । यो कार कोरियामा उत्पादन भएर नेपाल आएको हो ।
नेपाली बजारमा प्यालिसेड २.२ लिटरको डिजल इन्जिन अप्सनमा आउने सम्भावना रहेको छ जसले २०० पीएस पावर तथा १७५०-२७५० आरपिम टर्क उत्पादन गर्नेछ । यो एसयूभी ८ स्पीड अटोमेटिक ट्रान्समीसनमा उपलब्ध रहेको छ । नेपाली बजारमा यो एसयूभीको शुरूआती मूल्य २ करोड रुपैयाँ पर्ने अनुमान गरिएको छ ।

नेपाली बजारमा यो एसयूभीको प्रतिस्पर्धा टोयाटाको फर्चुनर, मित्सुबिशी पजेरो र फोर्डको इन्डेभरसँग हुनेछ ।

You might also like

Comments are closed.