पोखरा टोस्टमास्टर्स क्लबको अध्यक्षमा युवा व्यवसायी नुरज

पोखरा । पोखरा टोस्टमास्टर्स क्लबको अध्यक्षमा पोखराका युवा व्यवसायी नुरज बाटाजू निर्वाचित भएका छन् । वर्ष २०२१÷२२ का लागि सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो ।

क्लबको भाइस प्रेसिडेन्ट एजुकेसनमा देवराज पोख्रेल, भाइरस प्रेसिडेन्ट मेम्मरसिपमा नमराज बराल, भाइस प्रेसिडेन्ट पव्लिक रिलेसनसिपमा गौतम श्रेष्ठ, सेक्रेटरीमा नानु अधिकारी, ट्रेजररमा प्रमिस बराल र सार्जेन्ट एट आम्समा अन्तिम घिमिरे चयन भएका छन् । क्लबको इमिडेट पास्ट प्रेसिडेन्टमा सन्दिप मानन्धर छन् र

टोस्टमास्टर्स इन्टरनेसनल गैर नाफामुखी शैक्षिक संस्था हो । सदस्यहरुको नेतृत्व, व्यक्तित्व एवं वक्तित्वकला विकासको लागि क्लबले विभिन्न कार्यक्रम संचालन गर्दै आइरहेको छ ।

टोस्टमास्टर्स इन्टरनेसनलको १४५ देशमा १६ हजार २ सय क्लबहरु छन् । संसारभर ३ लाख ६४ हजार भन्दा बढी सदस्य छन् । नेपालमा ४५ वटा क्लब सक्रिय छन् । काठमाडौं उपत्यकामा ३७ काठमाडौं उपत्यकाबाहिर ८ वटा क्लब छन् ।

पोखरा टोस्टमास्टर्स क्लब काठमाडौं उपत्यका बाहिरको प्रथम टोस्टमास्टर्स क्लब हो ।

You might also like

Comments are closed.