‘डिकेज’ ब्राण्डको वाइन साउनबाट बजारमा आउँदै

काठमाडौं । ‘डिकेज’ ब्राण्डको नेपाली वाइन साउनबाट बजारमा आउने भएको छ । आर्या ग्रुप अफ कम्पनिज अन्तर्गतको क्यानेरी वाइन एण्ड बेभरेज प्रा.लि.ले डिकेज वाइन उत्पादन सुरु गरेको हो ।

‘हन्ड्रेड पर्सेन्ट न्याचुरल’ स्लोगनसहित उत्पादन गरिएको डिकेज वाइन विदेशी वाइनको प्रतिस्पर्धी बन्ने कम्पनीले विश्वास लिएको छ । साउनको पहिलो साताबाट वाइन बजारमा पुग्ने कम्पनीले जनाएको छ । राजधानी काठमाडौंसँगै देशभरको बजारमा वाइन पुग्ने कम्पनीले जनाएको छ । अहिले कम्पनीले देशभरको बजारबाट डिलर आह्वान गरेको छ ।

अत्याधुकि प्रविधि तथा फुल्ली अटोमेटिक मेसिनबाट वाइन उत्पादन हुने कम्पनीले जनाएको छ । ह्वाइट र रेड वाइन स्वीट र सेमिस्वीटमा बजारमा आउने बताइएको छ । डिकेज ब्राण्डको वाइन नेपाली बजारमा लोकप्रिय हुने कम्पनीले विश्वास लिएको छ ।

पार्टी, सेमिनार, पिकनिक तथा जमघट कार्यक्रमलाई मध्यनजर गरी कम्पनीले ‘पार्टी प्याक’ मा पनि वाइन बजारमा ल्याउने तयारी गरेको छ । पार्टी प्याक ४ लिटरको हुनेछ । नेपाली बजारसँगै विदेशमा समेत निर्यात गर्ने कम्पनीको लक्ष्य छ । आर्या ग्रुपसँग करिब २ दशकको व्यावसायिक अनुभव छ ।

lcci
You might also like

Comments are closed.