पोखरा । शनिबार सम्पन्न गण्डकी प्रदेश चेम्बर अफ कमर्सको पहिलो अधिबेशनले किसान सुनारको अध्यक्षता नयाँ कार्यसमिति चयन गरेको छ । नेपाल चेम्बर अफ कमर्सका केन्द्रिय अध्यक्ष राजेन्द्र मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा नेपाल चेम्बर अफ कमर्स जिल्ला नगर उपाध्यक्ष दिपक श्रेष्ठ , बागमती प्रदेश चेम्बरका अध्यक्ष सिद्दी लाल श्रेष्ठ , केन्द्रिय सदस्य भाइ चन्द्र श्रेष्ठ , नन्द कुमारी लम्साल , लुम्बिनी प्रदेश चेम्बरका अध्यक्ष टन्क पोख्रेल , गण्डकी प्रदेशका सम्पुर्ण जिल्ला , महानगर , नगरपालिका , गाउँ पालिका , वडा चेम्बरका अध्यक्ष एबम प्रतिनिधिको उपस्थिति थियोे ।
सो अवसरमा गण्डकी प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष किसान सुनारले सम्पुर्ण सहाभागी प्रमुख अतिथि , बिशिस्ट अतिथि , बिशेष अतिथि, मुख्य प्रतिनिधि , प्रतिनिधिहरुलाई स्वागत गर्दै प्रदेशको प्रगती प्रतिबेदन ,बर्तमान बस्तुस्थिती , आर्थिक अवस्था , प्रदेशले निर्वाह गरेको सामाजिक उत्तरदायित्व बिषयमा प्रकाश पार्दै प्रदेशले कोभिड द्वारा प्रभावित ब्यबसाय पुनर्स्थापनाको लागि सरोकारवाला निकाय सङ समन्वय गर्ने , कोरोना विरुद्ध खोपको लागि नेपाल चेम्बर सङ सहकार्य गरि व्यावसायिलाई अबिलम्ब खोपको प्रबन्ध गर्न सरकारलाई दबाब दिने ,गण्डकी प्रदेश सरकार , स्थानीय तहहरुमा चेम्बरको प्रतिनिधित्वको लागि पहल गर्ने , तीनै तहका सरकार सङ समन्वय गरि व्यावसायिक प्रबर्द्धन , सिपमुलक तालीम संचालन गर्ने , प्रदेश हेल्प डेस्कको स्थापना गर्ने ,व्यावसायिहरुको क्षमता बिकासको लागि केन्द्र सङ समन्वय गरि अन्तर्राष्ट्रिय भ्रमणमा सहभागी गराउने ,भिजन गण्डकी परियोजना सन्चालन गर्ने , नब प्रबर्द्धन केन्द्रको स्थापना गर्ने , प्रदेश लगानी सम्मेलन आयोजना गर्ने , एम्बुलेन्स सेवा विभिन्न जिल्लामा संचालन गर्ने ,प्रादेशिक एक्स्पो संचालन गर्ने , प्रबिधि मैत्री सचिवालय बनाउने , जिल्ला नगर गाउँ वडा चेम्बरका व्यावसायिहरुको क्षमता बिकास कार्यक्रम संचालन गर्ने लगायतका २३ बुदे भाबी कार्यक्रम अध्यक्ष किसान सुनारले प्रस्तुत गरेका थिए ।
सो अवसरमा प्रमुख अतिथि नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले उत्पादनमुखी कार्यक्रम संचालन गर्न कार्य योजना बनाउन , कृषि एम्बुलेन्स सेवाको पहल गर्न ,सामुहिक व्यबसाय अघि बढाउन अनुरोध गर्दै कृषि जडिबुटी र सुचना प्रबिधि क्षेत्रमा केन्द्रले बिशेश सहयोग गर्ने बताए । खोप बिना आर्थिक गतिविधि सम्भावना नभएकोले सरकारलाई भेटेर खोपको प्रबन्धको लागि अनुरोध गर्ने बताए ।
अधिवेशनबाट निर्वाचित सदस्यहरुको प्रथम बैठक अध्यक्ष किसान सुनारको अध्यक्षतामा बसि सर्वसम्मत पदाधिकारी तथा समेत चयन भएको छ ।
जसको उपाध्यक्ष श्री बहादुर गुरुङ ,महासचिवमा देवराज शर्मा र सचिवमा सारङ्गी न्युज कर्मी विष्णु कुमार श्रेष्ठ चयन भएका छन् भने कोषाध्यक्षमा तेजेन्द्र पौडेल चयन भएको निर्वाचन समितिले जनाएको छ ।
सदस्यहरुमा क्रमशः विजय हिराचन, भरत बहादुर रकाल,महेन्द्र मोहन भट्टराई, ज्ञानु अधिकारी, टीका गुरुङ, प्रकाश न्यौपाने, गंगा श्रेष्ठ , तारानाथ ढुङ्गाना विष्णु कुमारी गुरुङ, युवराज खतिवडा र अरुण गिरी चयन भएका छन् । कार्यक्रमको संचालन पर्बत चेम्बरका अध्यक्ष देबराज शर्माले गरेका थिए ।
Comments are closed.