शैक्षिक तथा व्यावसायिक भवनको शिलान्यास

तनहुँ ।

व्यास नगरपालिका–१ विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पस परिसरमा शैक्षिक तथा व्यावसायिक प्रयोजनाका लागि भवन निर्माण शुरु गरिएको छ । उक्त भवनको नगरप्रमुख वैकुण्ठ न्यौपानेले एक कार्यक्रमबीच शिलान्यास गरेका हुन् ।

नगरपालिकाले उक्त भवन निर्माण योजनाका लागि आव ०८८/०७८ मा रु २५ लाख र ०७८/०७९ मा रु ३० लाख गरी कूल रु ५५ लाख रकम विनियोजन गरेपछि भवन निर्माणको कार्य अघि बढाइएको हो ।

दमौली–बेलबास सडक खण्डसँगै जोडिएको क्याम्पसको लालपुर्जा भएको जग्गामा वारपार खण्डमा चरणबद्धरुपमा चारतले भवन निर्माण गर्न लागिएको हो । उक्त चारतलेमध्ये भुई तलाका दुई तलामा व्यापारिक प्रयोजन र अन्य शैक्षिक प्रयोजनका लागि क्याम्पसले प्रयोगमा ल्याउने गरी डिजाइन गरिएको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी दिए ।

You might also like

Comments are closed.