काठमाडौं । बिगत ४ वर्षदेखि काठमाडौंको मित्रपार्कमा सञ्चालित लिङ्कन एकेडेमी अफ कुलिनरी एण्ड हस्पिटालिटी म्यानेजमेन्ट (लयाछम) निशेधाज्ञा खुकुलो भएसँगै पुनः सञ्चालनमा आएको छ । हस्पिटालिटी तथा शिक्षा क्षेत्रमा लामो अनुभव संगालेका युवाहरुको संयुक्त लगानीमा सञ्चालित एकेडेमीमा नयाँ बोर्डसमेत गठन गरिएको छ ।
एकेडेमीका बोर्ड मेम्बरमा राजेन्द्र तिमिल्सेना, सनम मानन्धर, सरोज पौडेल, हरि पोखरेल, डा. पवन कुमार शर्मा र संगिता थपलिया छन् । युरोपियन टेक्निकल एण्ड भोकेसनल एकेडेमीबाट सम्वन्धन प्राप्त एकेडमी लिङ्कन युनिभर्सिटी कलेज मलेसियासँग सम्वन्धित छ ।
विद्यार्थीलाई उच्चस्तरको ज्ञान र सीप सिकाउने उद्देश्यले एकेडेमीको स्थापना भएको संस्थापक राजेन्द्र तिमिल्सिनाले बताए । ‘सीप, ज्ञान र दृष्टिकोणबाट मानव संसाधन विकास गराउन एकेडेमीले महत्वपूर्ण भुमिका खेल्दै आइरहेको छ,’ उनले भने, ‘देश तथा विदेशको हस्पिटालिटी क्षेत्रका लागि आवश्यक पर्ने दक्ष जनशक्ति हामीले उत्पादन गरिरहेका छौं ।’
एकेडेमीले व्यावसायिक कोर्ष प्रदान गरिरहेको छ भने हस्पिटालिटी क्षेत्रमा आवश्यक पर्ने बेसिक सटटर्म ट्रेनिङ पनि प्रदान गर्दै आएको छ । मानवीय संसाधनका लागि बेसिक आइटी कोर्ष, पर्सनालिटी डेभलपमेन्ट कोर्ष, इन्टरभ्यु प्रिपेरेसन क्लास, ब्रिज कोर्ष तथा क्र्यास कोर्ष पनि प्रदान गरिरहेको छ ।
एकेडेमीले एक्ज्युकेटिभ प्रोफेसनल डिप्लोमा इन होटल म्यानेजमेन्ट, एक्ज्युकेटिभ प्रोफेसनल डिप्लोमा इन कुलिनरी आर्टस, प्रोफेसनल डिप्लोमा इन होटल म्यानेजमेन्ट, प्रोफेसनल डिप्लोमा इन कुलिनरी आर्ट, जब्स एण्ड इन्डष्ट्रियल ट्रेनिङ, एडभान्स कुक ट्रेनिङ, कुलिनरी आर्टस ट्रेनिङ, बारिष्टा बेकरी टे«ेनिङ, एडभान्स बार टेन्डर ट्रेनिङ लगायतका कोर्ष संचालन गरेको छ ।
‘उच्चस्तरको शिक्षा प्राप्त गर्ने वातावरण एकेडेमीमा छ,’ तिमिल्सिनाले भने, ‘पारिवारिक वातावरणमा विद्यार्थीलाई व्यवहारिक तथा प्रयोगात्मक ज्ञान प्रदान गर्न हामी सफल छौं ।’ इन्टरनेट लाइब्रेरी, व्यवस्थित किचन ल्याब, फ्रि टुल्स किट, फ्रि नोट, फ्रि डिमो एण्ड अव्जरभेसन, होटल भिजिट, इभेन्ट म्यानेजमेन्ट लगायतका सुविधा एकेडेमीमा छ ।
जिएच होटल्स, होटल ¥याडिसन, होटल साम्वला, हायात, होटल मनाङ, होटल अन्नपूर्ण, होटल तिव्वत इन्टरनेशनल, साँग्रिला होटल लगायतका होटल तथा रिसोर्टहरु एकेडेमीका हस्पिटालिटी पार्टनर हुन् ।
Comments are closed.