बिएसटी कलेज नयाँ व्यवस्थापनबाट सञ्चालनमा, क्याम्पस प्रमुखमा हडखले

काठमाडौं । काठमाडौंको गोंगबुमा रहेको बिएसटी कलेज नयाँ व्यवस्थापनबाट सञ्चालनमा आएको छ । शिक्षा क्षेत्रमा लामो अनुभव हासिल गरेको समूहले कलेजको नयाँ व्यवस्थापनको जिम्मेवारी लिएको हो ।

नयाँ व्यवस्थापनसँगै बिएसटि कलेजको क्याम्पस प्रमुखमा देवेन्द्रप्रसाद हडखले नियुक्त भएका छन् । विष्णुमति आवासीय माविको प्राचार्यको जिम्मेवारीसमेत उनले सम्हालेका छन् । शिक्षा क्षेत्रमा २ दशक भन्दा लामो अनुभव हासिल गरेका हडखलेले विज्ञान संकाय अन्तर्गत रसायन शास्त्रमा स्नातकोत्तर र एक वर्षे बिएड गरेका छन् ।

कलेजका अन्य सञ्चालकहरुमा डा. कृष्णकान्त पराजुली, चक्र कोइराला, महेश्वर कर्माचार्य, प्रितम मिश्र, कृष्णप्रसाद पौडेल छन् । बिएसटिमा मन्टेस्वरीदेखि कक्षा १२ र स्नातमसम्मको पढाइ हुन्छ । कक्षा ११ र १२ मा साइन्स, म्यानेजमेन्ट र ह्युम्यानिटिज र ल को पढाई हुन्छ ।

यसैगरी, कक्षा ११ का लागि कलेजले प्रिरजिष्टेसन खुल्ला गरिसकेको क्याम्पस प्रमुख हडखलेले जानकारी दिए । कलेजमा भर्ना हुन आउने पहिलो सय जना विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था गरिने उनले बताए । दक्ष तथा अनुभवी शिक्षक तथा प्रध्यापकबाट पठन पाठनको व्यवस्था हुने हडखलेले बताए । ‘पूर्ण पारिवारिक वातावरणमा हामीले कलेजमा अन्तर्राष्ट्रियस्तरको शिक्षा प्रदान गर्नेछौं,’ उनले भने ।

You might also like

Comments are closed.