विराटनगर ।
आन्तरिक राजश्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०७७/७८ मा कूल रु ८ अर्ब ९३ करोड ३७ लाख ७६ हजार राजश्व संकलन गरेको छ । सो अवधिमा ८ अर्ब ८४ करोड ४६ लाख २२ हजार रुपैयाँ राजश्व संकलन गर्ने कार्यालयको लक्ष्य थियो । कार्यालयले लक्ष्यभन्दा ८ करोड ९१ लाख ५४ हजार रुपैयाँ बढी राजश्व संकलन गर्न सफल भएको छ ।
कार्यालयबाट प्राप्त जानकारीअनुसार आव २०७७/७८ मा संकलित राजश्वमा आयकर तीन अर्ब ५२ करोड १९ लाख १४ हजार रुपैयाँ, मूल्य अभिवृद्धि कर दुई अर्ब ५३ करोड ९० लाख १२ हजार रुपैयाँ र अन्तःशुल्क दुई अर्ब ८७ करोड २८ लाख ५० हजार रुपैयाँ रहेको छ । सो अवधिमा कार्यालयले आयकरमा १३० प्रतिशत, मूल्य अभिवृद्धि करमा १५७ प्रतिशत र अन्तःशुल्कमा ६४ प्रतिशत वार्षिक प्रगति हासिल गरेको छ ।
Comments are closed.