काठमाडौं । भारतको उडिसामा रहेको सेन्चुरियन युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्ट (सियुटिएम) र नेपालको काठमाडौंमा रहेको ग्लोबल कलेज इन्टरनेशनल बीच म्युचुअल कोलावरेसन (सहकार्य) बारे भर्चुअल मिट सम्पन्न भएको छ ।
बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्युटका एमडी डा. बिनोद आत्रेय सहित दुवै संस्थाका उच्चस्तरिय अधिकारीहरु भर्चुअल मिटमा सहभागी थिए ।
सेन्चुरियन युनिभर्सिटी अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्टका प्रोफेसर अनिता पात्राले जिसिआइसँग मिलेर शिक्षाका विभिन्न क्षेत्रमा काम गर्ने इच्छा व्यक्त गरेकी छन् । आगामी बैठकमा जिसिआई र सियुटिएम बिच एमओयुको क्षेत्र निर्धारण र सर्मथनका बिषयमा छलफल गरिने बताइएको छ ।
दुवै संस्थाले विद्यार्थी तथा संकाय आदान प्रदान तथा विद्यार्थी इन्टर्नसिप र प्रशिक्षण कार्यक्रमको साथै अनुसन्धानका क्षेत्रमा पनि सयुक्त कार्यक्रम स्थापना गर्ने सम्भावना अन्वेषण गर्ने बताइएको छ ।
Comments are closed.