काठमाडौं । होटल आगन्तुक धुलिखेलको महाप्रवन्धकमा अञ्जान बगाले नियुक्त भएका छन् । यस अगाडि बेलायतमा १४ वर्ष र नेपालमा एक वर्ष भन्दा बढी होटल व्यवस्थापनको उच्च तहमा रहेर काम गरिसकेका बगालेले होटल आगन्तुकको नेतृत्व लिएका हुन् ।
देश तथा विदेशको पर्यटन क्षेत्रमा संगालेको अनुभवलाई प्रयोग गर्दै होटल आगन्तुकलाई थप परिचित गराउने बगालेले बताएका छन् । ‘म होटल आगन्तुकमा आबद्ध हुन पाउँदा उत्साही छु,’ उनले भने, ‘आगन्तुकमा आउने पर्यटकलाई वल्ड क्लास हस्पिटालिटी प्रदान गर्छौैं ।
होटल आगन्तुकमा ७२ वटा रुम छन् । अपार्टमेन्ट स्विट ४ वटा र २ वटा हलको सुविधा छ । स्विमिङ पुल, साउना, स्टिम लगायतको सुविधा होटलमा छ ।
स्तरीय सेवाका साथै रिसोर्टबाट देखिने सुन्दर दृश्यले पनि यहाँ आउन पर्यटक आकर्षित हुन्छन् ।
Comments are closed.