प्राइमको वित्तीय अवस्था उत्कृष्ट छः अध्यक्ष कोइराला (संवाद)

निदेशप्रसाद कोइराला
अध्यक्ष
प्राइम सहकारी संस्था लि, पोखरा ४ गैह्रापाटन

पोखराको गैह्रापाटनमा प्रधान कार्यालय रहेको प्राइम सहकारी संस्था लिमिटेडले लेखनाथ र बगरमा सेवा केन्द्र स्थापना गरी सेवा प्रदान गर्दै आइरहेको छ । जिल्लाभर कार्यक्षेत्र रहेको प्राइम सहकारीको वित्तीय अवस्था, लगानीका क्षेत्र, सामाजिक काम लगायत विषयमा केन्द्रित रहेर सहकारीका अध्यक्ष निदेशप्रसाद कोइरालासँग आर्थिक आवाजले गरेको कुराकानीको सारः

प्राइम सहकारी संस्थाको वित्तीय अवस्था कस्तो छ ?
आजभन्दा ९ वर्ष अगाडि स्थापना भएको प्राइम सहकारी संस्थाले स्थापनाको छोटो समयमा महत्वपूर्ण सफलता हासिल गरेको छ । सहकारीको वित्तीय अवस्था स्थापनाकालदेखि हालसम्म उत्कृष्ट छ । सहकारीलाई सफल बनाउन हाम्रा सम्पूर्ण सेयर सदस्यहरुको साथ र माया पाउन हामी सफल छौं । सहकारीको सेयर पुँजी ८ करोड ५० लाख रुपैयाँ छ भने कारोबार १ अर्ब रुपैयाँ भन्दा धेरैको कारोबार गर्न हामी सफल छौं । ८ सय २५ जना सेयर सदस्य सहकारीमा आबद्ध हुनुहुन्छ । ऋण लगानी ८४ करोड रुपैयाँ छ ।

सहकारीको सवल पक्ष केलाई मान्नुहुन्छ ?
हामीले उत्कृष्ट वित्तीय कारोबार गर्न सफल छौं । सेयर सदस्यहरुको मन र विश्वास जित्न सफल हुनु नै हाम्रो सफलता हो । हामीले प्रधान कार्यालय पोखरा ४ गैह्रापाटनमा आफ्नै भवनबाट सेवा प्रदान गर्न सफल छौं । पोखराकै महत्वपूर्ण बजार क्षेत्र लेखनामा पनि आफ्नै भवनबाट सेवाकेन्द्र सञ्चालन गर्न सफल छौं । बगर सेवाकेन्द्रलाई पनि आफ्नै भवनबाट सञ्चालन गर्ने तयारीमा हामी छौं । संस्थालाई बलियो बनाउन सक्नु नै हाम्रो सफलता हो र सवल पक्ष हो ।

सहकारीहरु बचत तथा ऋणकै कारोबारमा सीमित रहेको पाइन्छ । प्राइमको अवस्था कस्तो छ ?
सहकारी क्षेत्रको कमजोरी भनेकै बचत तथा ऋणको कारोबारमा मात्र सीमित हुनुु हो । सहकारीको उद्देश्यले बचत तथा ऋणमा मात्र सीमित रहनु होइन । हामीले बचत तथा ऋणको कारोबारसँगै उत्पादनमुलक क्षेत्रमा पनि लगानी गर्दै आइरहेका छौं । बिगत ३ वर्षदेखि पोखराको लेखनाथस्थित अर्चलेमा बाख्रा पालन व्यवसाय गरेका छौं । करिब सयवटा बाख्रा पालिरहेका छौं । आधुनिक खोर निर्माण गरी बाख्रापालन व्यवसाय गरिरहेका छौं । लगानीको क्षेत्रमा पनि उत्पादनमुलक क्षेत्र तथा कृषिलाई प्राथमिकतामा राखेका छौं ।

सामाजिक क्षेत्रमा सहकारीले के–कस्ता गतिविधि गर्दै आइरहेको छ ?
सहकारीका नियमित गतिविधिका साथै सामाजिक क्षेत्रमा काम गर्ने गण्डकी क्षेत्रकै अग्रणी सहकारी संस्थामा हामी पर्न सफल छौं । महिनामा १÷२ वटा सामाजिक कामका गतिविधिहरु भइरहेका हुन्छन् । अरुले कार्यक्रम बनाएर काम गर्छन् भने हामीले आवश्यकता अनुसार तत्काल कार्यक्रम बनाएर काम गर्छौं । भदौ अन्तिम साता शनिबारमात्रै पोखरा १४ स्थित बालविकास केन्द्रलाई आवश्यक सामग्री सहयोग ग¥यौं । समय समयमा बृद्धाश्रमलाई सहयोग, सरसफाई, उपचारका क्रममा खर्च अभावमा रहेकाहरुलाई सहयोग, कारागारलाई पुस्तक सहयोग लगायतका कार्यक्रम निरन्तर गरिरहेका छौं ।

सेयर सदस्यको हकहित तथा क्षमता अभिबृद्धिका लागि के–के काम गर्दै आउनुभएको छ ?
वर्षमा दुई पटक सदस्य सन्तुष्टि फारम संकलन गरी सदस्यहरुबाट माग आएका गुनासाहरुलाई सम्बोधन गर्दै आइरहेका छौं । समय समयमा तालिम तथा सेमिनार, सदस्य भेटघाट कार्यक्रम गर्दै आइरहेका छौं । युवा पुस्तालाई सहकारीमा आकर्षण गर्नका लागि आधुनिक बैंकिङमा जोड दिएका छौं । सदस्यहरुको घरघरमा पुगेर सेवा प्रदान गरिरहेका छौं ।

You might also like

Comments are closed.