बहु प्रतिक्षित होण्डा ‘सीबी ३५० आरएस’ नेपाली बजारमा, यस्ता छन् विशेषता

काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रा। लि। ले बहु प्रतिक्षित होण्डाको ‘सीबी ३५० आरएस’ नेपाली बजारमा लन्च गरेको छ ।

नेपालमा होण्डा सीबी मोडलका बाइकहरुले एक विशेष पहिचान बनाएको छ । यस ‘सीबी ३५० आरएस’ले पनि नेपाली बाइकरहरुको मनमा एक छुट्टै स्थान बनाउन सफल हुने कुरामा होण्डा विश्वस्त छ । आकर्षक रेट्रो लुक्स मन पराउने सम्पूर्ण बाइक पारखीहरुको लागि निर्मित यस बाइकमा ३५० सिसिको इन्जिन रहेको छ । मोर्डन फिचरहरुले भरिपूर्ण यस बाइक सिङ्गल टोनमा प्रिसियस ब्ल्याक विथ पर्ल स्पोर्टस् एलो र रेडिएन्ट रेड मेटालिक गरी २ विभिन्न रङ्गहरुमा उपलब्ध छ

एडभान्स डिजिटल एनालग मिटर, डुएल च्यानल एबीएस साइड स्ट्यान्ड इन्डिकेटर, इन्जिन स्टार्ट र अफ स्विच, डिस्ट्यान्स टू एम्प्टी, एभरेज माइलेज र रियल टाइम माइलेज जस्ता यस बाइकको धेरै मध्येका केहि विशेषताहरु हुन् ।

jutta mela

नेपाली बजारमा यस सीबी ३५० आरएस को मूल्य ७ लाख ७५ हजार रुपैयाँ तोकिएको छ । थप जानकारीका लागि होण्डाको टोल फ्रि नं. मा सम्पर्क गर्न सकिने बताइएको छ ।

You might also like

Comments are closed.