मुनाल स्टोर्स २३औं वर्षमा प्रवेश

पोखरा । पोखराको चिप्लेढुंङ्गामा रहेको मुनाल स्टोर्स २३औं वर्षमा प्रवेश गरेको छ । अहिलेको अवस्थामा आउन निरन्तर सहयोग र सहकार्य गर्ने तथा अटुट माया र सद्भाव दर्शाउने सम्पूर्ण ग्राहक तथा शुभचिन्तक, विभिन्न औद्योगिक र व्यापारिक प्रतिष्ठानहरु प्रति मुनाल स्टोर्सले हार्दिक आभार प्रकट गरेको छ ।

भविष्यमा पनि यस किसिमको सहयोग र सहकार्य निरन्तर प्राप्त भइरहने विश्वास रहेको स्टार्सका मोती भुजेलले बताए ।

स्टोर्सले स्थापनाकालदेखि नै ग्राहकलाई सुपथ मूल्यमा गुणस्तरीय सामान पारिवारिक वातावरणमा उपलब्ध गराउँदै आइरहेको उनको भनाइ छ ।

You might also like

Comments are closed.