आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ होम स्टेमा कार्य समितिको बैठक

पोखरा ।  कोअपरेटिभ म्यानेजर्स क्लव (CMC) कास्कीको नवनिर्वाचित कार्य समितिको पहिलो बैठक रामकोट होम स्टेमा सम्पन्न भएको छ । आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ असोज १ गते होम स्टेमा बैठक राखिएको क्लबका अध्यक्ष अपिल कोइरालाले जानकारी दिए ।

क्लबका अध्यक्ष कोइरालाको अध्यक्षता सम्पन्न बैठकले महत्वपूर्ण ८ वटा निर्णयहरु गरेको छ । क्लवको भावी कार्यदिशा समेत तय गर्ने उद्धेश्यका साथ आव्हान गरिएको बैठकले आगामी दिनमा कास्की जिल्लाका २० जना ब्यवस्थापकहरुलाइ प्रशिक्षकको रुपमा तय गर्ने निर्णय गरेको छ ।

त्यसैगरि संस्थापक अध्यक्ष मीलन ढकाल, निवर्तमान अध्यक्ष डम्बर सिंह बस्नेत र जिल्ला सहकारी संघ लिमिटेड कास्कीका ब्यवस्थापन प्रमुख वरिष्ठ प्रबन्धक भोजराज घिमिरे रहने गरि ३ जना सल्लाहकार समेत मनोनयन गरेको छ ।

lcci
You might also like

Comments are closed.