अग्रज निर्माण व्यवसायी शर्मालाई ‘प्रवल जनसेवा श्री पदक’

काठमाडौं । नेपालको निर्माण क्षेत्रमा लामो अनुभव संगालेका सफल निर्माण व्यवसायी रमेश शर्मा ‘प्रवल जनसेवा श्री पदक’बाट विभूषित भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा शर्मालाई विभूषण प्रदान गरेकी हुन् ।

नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को भदौ २९ गतेको सिफारिसमा संविधान दिवस, २०७८ को अवसरमा राष्ट्रपतिले विभूषण सार्वजनिक गरेकी हुन् । घोषणा भएको पदक पछि विशेष कार्यक्रमबीच राष्ट्रपतिबाट प्रदान गरिनेछ ।

शर्मा एण्ड कम्पनीका प्रवन्ध निर्देशक शर्मा निर्माण व्यवसायी संघको तेस्रो अध्यक्ष तथा महासंघ निर्माण पछिको पहिलो अध्यक्ष भएर काम गरिसकेका छन् ।

शर्मा एण्ड कम्पनी स्थापनाको ५५ वर्ष भन्दा बढी भइसकेको छ । यो कम्पनीले देशका ठूला-ठुला प्रोजेक्टहरुमा काम गर्दै आइरहेको छ ।

You might also like

Comments are closed.