पोखरा । क्यान महासंघ कास्कीको अगुवाईमा क्यानमा आबद्ध व्यवसायी तथा कर्मचारीलाई कोभिड १९ विरुद्धको खोप लगाइएको छ ।
बुधबार पोखरा प्रदर्शनी केन्द्रमा २ सय जना पुरुष र २ सय ८ जना महिलालाई खोप लगाइएको कार्यक्रम संयोजक शवी गौचन शेरचनले जानकारी दिइन् । कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्णप्रति उनले धन्यवाद ज्ञापन गरेकी छन् ।
कोरोना महामारीको समयमा खोप लगाउनका लागि धेरै पहल भइरहँदा खोप प्राप्त भएको भन्दै व्यवसायीहरु खुसी भएका थिए ।
Comments are closed.