पोखरा साकोसको प्रमुख कार्यकारी अधिकृतमा तिवारी नियुक्त

पोखरा । पोखरा बचत तथा ऋण सहकारी संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा बुद्धिप्रसाद तिवारी नियुक्त भएका छन् । सहकारीको हालै बसेको सञ्चालक समितिको निर्णयबाट उनी नियुक्त भएका हुन् ।

कात्तिक १ गतेदेखि लागु हुनेगरी ४ वर्षे कार्यकालको लागि तिवारीलाई नियुक्त गरिएको संस्थाका अध्यक्ष ई. सुरेन्द्र बहादुर गोदारले आर्थिक आवाजलाई जानकारी दिए । तिवारीसँग २० वर्ष एभरेष्ट बैंकको विभिन्न पदमा रहि काम गरिसकेको अनुभव छ । उनले बिगत २ वर्षदेखि साँग्रिला डेभलपमेन्ट बैंकमा गण्डकी प्रदेश प्रमुख भएर काम गर्दै आएका थिए ।

jutta mela

संस्थाको कारोबारमा वृद्धि, केन्द्रीय कार्यालय सहित दुई वटा सेवा केन्द्र बिस्तार, शेयर सदस्यमा बृद्धि भइरहेको अवस्थामा बैकिङ क्षेत्रमा लामो अनुभव सँगालेका तिवारीलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिएको अध्यक्ष गोदारले बताए ।

वि.सं. २०५९ वैशाख १२ गते स्थापित सहकारीमा हाल ४ हजार ७२ शेयर सदस्य छन् । कुल ९ करोड ४२ लाख ६२ हजार शेयरपुँजी, ८० करोड निक्षेप र ८७ करोड लगानी रहेको सहकारीले आ.व. २०७७÷०७८ मा दुई करोड २९ लाख ६३ हजार खुद मुनाफा आर्जन गर्न सफल भएको संस्थाका कोषाध्यक्ष हिरामणि दाहालले जानकारी दिए ।

पोखरा–९, नयाँबजारस्थित आफ्नै भवनमा प्रधान कार्यालय रहेको सहकारीले पोखरा–८, सिर्जनाचोकमा रहेको सेवाकेन्द्रबाट आफ्ना शेयरसदस्यहरुलाई विभिन्न वित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ । निकट भविष्यमै पोखरा–१०, अमरसिंहचोकमा अर्को सदस्य सेवाकेन्द्र विस्तार गर्नै तयारी भइरहेको अध्यक्ष गोदारले जानकारी दिए । कास्की जिल्ला भर कार्यक्षेत्र रहेको सहकारीमा १६ जना कर्मचारी कार्यरत छन् ।

You might also like

Comments are closed.