महोत्सवको मूख्य आकर्षण : जातीय नमूना घर

नन्दु थापा
सचिव
नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् तनहुँ

तनहुँ महोत्सव विशेषतः विभिन्न जातजातिको संस्कृति संरक्षण र सम्वद्र्धनसँग नै जोडिएको छ । महोत्सव अवधीभर विभिन्न जातजातिका प्रचलित कौरा नाँच, झ्याउरे नाँच, लाखे नाँच लगायत अन्य प्रस्तुती रहनेछन् । महोत्सव स्थलभित्रै मगर, गुरुङ, दरै, बोटे, कुमाल, भुजेल लगायतका जातीय नमुना घर बनाइएको छ ।

व्यापारिक हिसाबले भन्दापनि आदिवासी जनजातीको मौलिकता जोगाउने अभियानमा हामी लागिपरेका छौँ । महोत्सवको मूख्य आकर्षण भनेकै जातीय नमूना घर हो । महोत्सवबाट हामीले नेपालमै पहिलो पटक सांस्कृतिक संग्रहालय निर्माण गर्दैछौँ । जसका लागि आवश्यक स्रोतको खोजी गर्न पनि महोत्सव आयोजना गरिएको हो ।

त्यस्तै अहिले महोत्सवमा संस्कृतिसँगै खेलकुदलाई पनि जोडेका छौँ । खेलकुदले पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने विश्वाससहित अहिले कराँते र व्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको छ भने स्थानीय तथा राष्ट्रिय कलाकारहरुको सांस्कृतिक प्रस्तुति समेत रहनेछ । कात्तिक ३० गते सुरु महोत्सव मंसिर १० गतेसम्म जारी रहनेछ ।

lcci
You might also like

Comments are closed.