हुन्डाईद्वारा ग्राहकको सुविधालाई ध्यानमा राख्दै हाइवेमा फ्रि चेक अप क्याम्प आयोजना

काठमाडौं । नेपालको लागि हुन्डाई गाडीको एक मात्र अधिकृत बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले ‘हुन्डाई हाइवे एसुरेन्स’ कार्यक्रम गर्ने भएको छ । दसैंमा हुन्डाई गाडी ग्राहकको सुविधालाई मध्यनजर गर्दै कम्पनीले यस कार्यक्रम अन्तर्गत फ्रि चेक अप क्याम्प गर्न लागेको हो ।

कम्पनीले आफ्ना ग्राहक वर्गको लागि राजमार्गका विभिन्न स्थानहरुमा फ्रि चेक अप क्याम्प स्थापना गरेको छ । नेपालीहरुको महान चाड वडा दसैंमा आफ्नो परिवारजन तथा इस्टमित्रहरुसँग मनाउने हेतुले आफ्नो हुन्डाई गाडीमा घर फर्कदै गरेका ग्राहकहरुलाई लक्षित गरी क्याम्प आयोजना गरिएको कम्पनीले जनाएको छ ।

jutta mela

फ्रि चेक अप क्याम्पमा ग्राहकहरुले आफ्नो हुन्डाई गाडीको फ्रि चेक अप क्याम्प गराउनुको साथै आवश्यक लुब्रिकेन्ट तथा कूलान्टको मात्रा कम भएमा कम्पनीले निस्शुल्क थप गरिदिने व्यवस्था पनि गरेको बताइएको छ ।

यो योजना अन्तर्गत कम्पनीले राजमार्गका विभिन्न स्थान बिर्तामोड ९काँकड्भित्ता रोड), इटहरि (मीलन चोक), कुरिनटार (सिरिन हाइवे), भरतपुर (बाल मन्दिर चोक), चौराहा ( बुटवल, नेपालगन्ज (कोहलपुर चोक), धनगढी (अतरिया चोक), वीरगंज (पतलैया चोक) र हेटौंडा (बाइपास मार्ग, कपुर कम्पलेक्स) हरुमा फ्रि चेक अप क्याम्प पोइन्टको स्थापना गरिएको कम्पनीले जनाएको छ । यो कार्यक्रम असोज २४ देखि २६ गतेसम्म बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछ ।

You might also like

Comments are closed.