पोखरा । पोखरा–१० रामबजारमा रहेको राष्ट्रिय बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा सीता दाहाल निर्वाचित भएकी छन् । कात्तिक १ देखि ४ गतेसम्म सञ्चालित १९औं वार्षिक साधारणसभाले सर्वसम्मत नयाँ सञ्चालक समिति चयन गरेको हो ।
सहकारीको उपाध्यक्षमा बलबहादुर तिलिजा पुन, सचिवमा डम्बरबहादुर बानियाँ, कोषाध्यक्षमा रुपादेवी गुरुङ छन् । सञ्चालकहरुमा रवीन्द्र गर्बुजा पुन, टेकबहादुर पुन र मधुमाया पुन निर्वाचित भएका छन् ।
लेखा सुपरीवेक्षण समितिको संयोजकमा नरबहादुर पुन छन् भने सदस्यमा यामकुमार पुर्जा र रुपबहादुर खोरजा रहेका छन् ।
सहकारीलाई थप व्यवस्थित गर्दै सदस्यमैत्री वातावरणमा वित्तीय सेवा प्रदान गर्ने नवनिर्वाचित अध्यक्ष दाहालले प्रतिबद्धता व्यक्त गरेकी छन् । ‘सहकारीका सेयर सदस्यहरुको हकहित, क्षमता अभिबृद्धि, वित्तीय साक्षरता लगायतका क्षेत्रमा काम गर्नेछौं,’ उनले भनिन् ।
Comments are closed.