भादगाउँ ।
भक्तपुर तालक्वकोमा माटोको पाला बनाउँदै कुमाले । आधुनिक विद्युतीय झिलिमिली बत्ती र मैनबत्तीको दाँजोमा सुरक्षित, धार्मिक तथा साँस्कृतिक दृष्टिकोणले पालालाई अत्यन्तै उत्तम र पवित्र मानिने भएकाले बजारमा यसको माग उच्च रहेको छ ।
भक्तपुर तालक्वकोमा माटोको पाला सुकाउँदै एक महिला । तिहारमा लक्ष्मी पूजाको लागि पालाको माग उच्च हुने गर्छ ।
भक्तपुर कमलविनायकस्थित टुमुचोमा भिजेको पाला सुकाउन लाँदै महिलाहरु । पालाको माग उच्च भएकाले कुम्हाले परिवारका पुरुष मात्र नभइ महिलाहरुसमेत पाला बनाउने कार्यमा व्यस्त छन् ।
तस्वीर : लक्ष्मी गारु, रासस
Comments are closed.