पोखरा । पोखरेली यातायात सहकारी संस्था लि. सञ्चालनमा आएको छ । सहकारीको प्रारम्भिक साधारणसभा शनिबार पोखरामा सम्पन्न भएको छ । साधारणसभाले सहकारीको अध्यक्ष युवा व्यवसायी प्रकाशमणि तिवारीलाई सर्वसम्मत निर्वाचित गरेको छ । उनी पोखरेली ट्याक्सी सेवा प्रा.लि.का अध्यक्ष पनि हुन् ।
सहकारीको उपाध्यक्षमा सूर्यबहादुर थापा, सचिवमा शोभाकान्त पौडेल, कोषाध्यक्षमा मधुसुधन पौडेल निर्वाचित भएका छन् । सदस्यमा कृष्णबहादुर थापा, नारायण प्रसाद शर्मा र सुरज पौडेल छन् ।
सहकारीको संस्थापक सेयर सदस्यमा ३३ जना छन् । सेयर खरिदका लागि ३७५ जनाले निवेदन दिएका छन् । ट्याक्सी लगायतका क्षेत्रमा लगानी गर्ने सहकारीको उद्देश्य छ ।
पाँच वर्षमा १ हजार ५ सय जना सेयर सदस्य सहकारीमा आबद्ध गर्ने र ३ अर्ब भन्दा बढी लगानी गर्ने सहकारीको उद्देश्य रहेको अध्यक्ष तिवारीले जानकारी दिए । सहकारी शाखा प्रमुख अनिल कार्कीको प्रमुख आतिथ्यतामा आयोजित साधारणसभामा सहकारी शाखाका सहायक प्रमुख अर्जुन न्यौपाने, अधिवक्ता दामोदर अधिकारी लगायतको उपस्थिति थियो । स्वागत मन्तब्य उपाध्यक्ष सूर्यबहादुर थापाले राखेका थिए ।
Comments are closed.