पुसमा १७ औं सेञ्चुरी ल्होसार मेला

आर्थिक आवाज
पोखरा, १२ मंसिर । अन्नपूर्ण गाउँपालिका वडा नं ११ घान्द्रुकको छोम्रोङस्थित सेञ्चुरी युवा क्लबले आउँदो पुसमा १७औं सेञ्चुरी ल्होसार मेला २०७५ गर्ने भएको छ । यही आउँदो पुस ५ गतेदेखि १० गतेसम्म गुरुङ जातिहरुको महान पर्वको अवसर पारी तमु ल्होसार मेलाको आयोजना गर्न गइरहेको क्लबका अध्यक्ष मिकास गुरुङले जानकारी दिए् ।

‘व्यक्तित्व तथा नेतृत्व विकासका लागि खेलकुद र कला संस्कृतिको संरक्षण’ नाराका साथ २०५८ मा स्थापित क्लबले आफ्नो स्थापनाकालको समयदेखि नै पुरुष भलिवल÷बास्केटबल, महिला भलिबल, पौढ भलिबल, रस्सि तान्ने, ठेलो हान्ने जस्ता विभिन्न खेलकुद सँगसगै साँस्कृतिक कार्यक्रमहरु गर्दै आएको छ ।
विभिन्न प्रतियोगिता मध्ये क्लब स्तरीय पुरुष बास्केटबल र भलिबलमा प्रथम हुनेले ६० हजार नगद सहित मेडल ट्रफि र प्रमाण—पत्र हात पार्ने छन् भने द्वितीय स्थान ल्याउनेले ४० हजार नगद सहित मेडल ट्रफी र प्रमाणपत्र पाउनेछन् । महिला भलिबल तर्फ प्रथम स्थान प्राप्त गर्नेले ५० हजार नगद सहित मेडल ट्रफी र प्रमाण—पत्र र दोश्रो स्थानको लागि ३० हजार नगद सहित मेडल ट्रफि र प्रमाण—पत्र रहेको छ । पौढ भलिबलको लागि प्रथम २० हजार द्वितीयको लागि १० हजार नगद सहित मेडल र प्रमाण—पत्र प्रदान गरिने मेलाका संयोजक राजकुमार गुरुङले बताए ।
प्रतियोगिता सम्पन्न गर्न क्लबका अध्यक्ष मिकास गुरुङ अध्यक्ष रहने गरी राजकुमार गुरुङलाई सेञ्चुरी ल्होसार मेला २०७५ को संयोजक चयन गरिएको छ । पुरुष भलिवल संयोजकमा आसशहादुर गुरुङ र उपसंयोजक प्रमित गुरुङ छन् भने पुरुष बास्केटबलमा संयोजकमा रविन थापा र उपसंयोजक बिकल गुरुङ छन् । महिला भलिवल संयोजकमा अनिश गुरुङ र उपसंयोजक सोदेश गुरुङ छन् ।

आर्थिक संकलन संयोजकमा श्याम गुरुङ र उपसंयोजक हिम गुरुङ, प्रचारप्रसार संयोजकमा जगदिश गुरुङ र उपसंयोजक हिमान र सुवास गुरुङ, टेक्निकल संयोजकमा मनिश गुरुङ र उपसंयोजक बिक्रम गुरुङ र मीलन घले, अतिथि ब्यवस्थापनमा हिमाल गुरुङ, साँस्कृतिक कार्यक्रम संयोजकमा हितु गुरुङ र प्रिति गुरुङ साथै मेडिकल संयोजकमा जुमकाजी गुरुङ रहेको सेञ्चुरी युवा क्लबका सचिव दीपक गुरुङले जानकारी दिए ।

lcci
You might also like

Comments are closed.