एक्स्पर्टको अर्को नाम नै विश्वसनीयता : वसन्त पोखरेल

वसन्त पोखरेल
निर्देशक
एक्स्पर्ट, मेल्वर्न अष्ट्रेलिया

एक्स्पर्ट कस्तो संस्था हो ?
एक्स्पर्ट विशुद्ध शैक्षिक परामर्शदातृ संस्था हो । अष्ट्रेलिया गएर उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई परामर्श प्रदान गर्न हामीले यस संस्था सञ्चालनमा ल्याएका हौं । विद्यार्थीको स्तर, क्षमता, रुची, चाहना र आर्थिकस्तरलाई मध्यनजर गरेर हामीले कोर्ष, कलेज र विश्वविद्यालयको बारेमा जानकारी दिन्छौं र त्यसै अनुसार विद्यार्थीले प्रक्रिया शुरु गर्नुहुन्छ ।

एक्स्पर्टमार्फत अष्ट्रेलिया पुगेका विद्यार्थीका प्रतिक्रिया कस्तो छ ?
हामी मार्फत अष्ट्रेलिया जाने विद्यार्थीबाट एकदमै सकारात्मक प्रतिक्रिया पाएका छौंै । यसबाट हामी धेरै खुसी छौं र हामी हाम्रो उद्देश्यमा सफल भएको महसुस हुन्छ । हामीलाई देश विदेशमा नै उत्कृष्ट परामर्शदाताको रुपमा लिने गरेको हामीले पाएका छौं । शुरुवातको समयदेखि अहिलेसम्म नै हाम्रो उद्देश्य एउटै छ जुन उत्कृष्ट परामर्श सेवा प्रदान गर्ने नै हो । हामीले सबैको माया, साथ तथा सहयोग प्राप्त गरिरहेका छौं । जसका कारण हामी अहिलेको अवस्थासम्म आइपुग्यौं । हामीले गरेको राम्रो कामका कारण नै हामी सफल भएका हौं ।

विद्यार्थीले किन एक्स्पर्ट नै रोज्ने ?
हामीले विश्वसनीय काम गर्दै आइरहेका छौं र सबैको विश्वास जित्न सफल भएका छौं । एक्स्पर्टको अर्को नाम भनेकै विश्वसनीयता हो भन्दा पनि फरक पर्दैन । विद्यार्थीको करियरसँग सम्वन्धित हुने भएकाले हामीले अभिभावकीय जिम्मेवारीका साथ काउन्सिलिङ गर्दै आइरहेका छौं । हामीले परामर्श मात्र प्रदान नगरी विद्यार्थीलाई पर्ने समस्या सामाधानमा पनि सहयोग गर्छौं । विद्यार्थी अन्यौलमा पर्नुपर्दैन । हामीले पारिवारिक वातावरण प्रदान गर्छौंै । यहाँबाट विद्यार्थी गएपछि अष्ट्रेलिया पुगेको भोलिपल्ट नै हाम्रो अफिसमा जानकारी हुन्छ । उहाँहरु पुगेपछि हामीले ५० डलर बरावरको ट्राभलर भौचर दिने गरेका छौं । मोबाइल फोन, ट्याक्स लगायतका सेवा लिन पनि हामी सहयोग गर्छौं । अष्ट्रेलिया गइसकेपछि उहाँहरुले आफ्ना साथीभाइ तथा आफन्तलाई पनि एक्स्पर्ट मार्फत नै जान सल्लाह दिनुहुन्छ । नेपालमा मात्र नभएर अन्य देशबाट पनि हामीले उत्कृष्ट सेवा प्रदान गरिरहेका छौं । हामी एक सफल ब्राण्डको रुपमा स्थापित भइसकेका छौं ।

अष्ट्रेलियाप्रति नेपाली विद्यार्थीको आकर्षण कस्तो छ ?
अष्ट्रेलियालाई गन्तव्य बनाउने देश मध्ये नेपाल विश्वमा नै तेस्रोमा पर्छ । तसर्थ नेपाली विद्यार्थीको रोजाईमा अष्ट्रेलिया प्राथमिकतामा पर्छ । त्यहाँको शिक्षा प्रणालीबाट नेपाली विद्यार्थी आकर्षित छन् ।

नेपाल र अष्ट्रेलियाको शिक्षा प्रणालीमा के फरक छ ?
नेपालको शिक्षा सैद्धान्तिक छ । अष्ट्रेलियामा सैद्धान्तिक भन्दा व्यवहारिक र प्रयोगात्मक शिक्षामा जोड दिएको पाइन्छ । अध्ययन सकेपछि २ वर्षको लागि काम गर्ने अनुमति हुनसक्छ । जसले काममा दक्ष र अनुभवी बनाउँछ । विद्यार्थीले अष्ट्रेलियाबाट प्राप्त गरेको शिक्षा अन्तराष्ट्रियस्तरमा मान्यता प्राप्त हुन्छ ।

अष्ट्रेलिया गएपछि विद्यार्थी उतै पलायन हुने समस्या छ नि ?
हाम्रो चाहना विद्यार्थी अष्ट्रेलिया गएर अध्ययन सकेपछि नेपाल फर्के हुन्थ्यो भन्ने हो । आफुले सिकेको ज्ञान तथा सीप नेपालमा आएर प्रयोग गर्न हामीले प्रेरित गर्छौं । तर गएपछि कम मात्र विद्यार्थी फर्केको हामीले पाएका छौं ।

एक्स्पर्ट पोखरामा परामर्श लिन आउने विद्यार्थीको संख्या कस्तो छ ?
पोखरामा रहेको हाम्रो कार्यालयले राम्रो काम गरेको छ । यहाँबाट अष्ट्रेलिया जाने विद्यार्थी सन्तुष्ट भएको हामीले पाएका छौं । विद्यार्थीको बिचमा पनि अष्ट्रेलिया जान एक्स्पर्टबाट परामर्श लिनुपर्छ भन्ने हामीले पाएका छौं । पोखरा तथा यस आसपासका जिल्लाबाट पनि विद्यार्थी आउने गर्नुहुन्छ । हामी सबैको रोजाईमा पर्न सफल भएका छौं । संख्या पनि राम्रो छ ।

अष्ट्रेलियामा रहेका कलेज तथा युनिर्भसिटीसँग कसरी समन्वय गर्नुभएको छ ?
हामीले यस क्षेत्रमा काम गरेको लामो समय भएको छ । समय समयमा सेमिनार, गोष्ठी तथा अन्तक्रियात्मक कार्यक्रम आयोजना गर्दै आइरहेका छौं । अष्ट्रेलियामा रहेका विभिन्न कलेज तथा युनिर्भसिटीका प्रतिनिधि पनि हामीले ल्याउने गरेका छौं । विद्यार्थीले सबै कुरा उहाँहरुबाट पनि जानकारी लिन सक्नुहुन्छ । हामीले त्यहाँका कलेज तथा युनिर्भसिटीसँग समन्वय गरेर काम गर्छौं ।

You might also like

Comments are closed.