‘नाडा अटो सो’का लागि स्टल बुकिङ खुल्ला

काठमाडौं । आगामी फागुनमा हुने नाडा अटो सोका लागि बुकिङ खुल्ला गरिएको छ । आयोजक नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले अटो सोमा सहभागी हुने कम्पनीहरुका लागि स्टल बुकिङ गर्न आह्वान गरेको हो ।

नोभेम्बर १८ देखि २२ (आगामी बिहीबारदेखि सोमबार) सम्म स्टल बुकिङ गर्न सकिने नाडाले जनाएको छ ।

काठमाडौंको भृकुटी मण्डपमा आगामी फागुन फागुन ९ देखि १४ गतेसम्म नाडा अटो सो हुने अध्यक्ष कृष्णप्रसाद दुलालले जानकारी दिए ।

अटो सोमा झण्डै २ सय वटा स्टल रहने बताइएको छ ।

You might also like

Comments are closed.