गरिमा विकास बैंकद्वारा १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले प्रति कित्ता १००० रुपैयाँ अंकित मूल्यका १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र निष्काशन गरेको छ । वार्षिक ८.७५ प्रतिशत ब्याजदरमा ७ वर्षका लागि लागु हुने गरी मंसिर १६ गते बिहीबारदेखि ऋणपत्र निष्काशन गरेको हो ।

सो मध्ये ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणहरुलाई बिक्री गरिनेछ (जसमध्ये ५ प्रतिशत अर्थात २० हजार कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइएको छ) भने बाँकी ६० करोड रुपैँया वरावरको ६ लाख कित्ता व्यक्तिगत तवरवाट विक्री गरिने बैंकले जनाएको छ ।

गरिमा डिवेन्चर २०८५ को आवेदन खुल्ला छिटोमा मंसिर २० गतेसम्म र सो अवधिमा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि पुस १ गतेसम्म हुनेछ । लगानी कर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्म सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट खरिदका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा एनआईविएल एस क्यापिटल लि. छ । ऋणपत्र सम्बन्धि विस्तृत जानकारी विकास बैंकको वेबसाईटमा हेर्न सकिने छ ।

lcci
You might also like

Comments are closed.