नाडा निर्वाचनमा चौधरी प्यानलः अनुभवीदेखि नयाँ पुस्ताको समिश्रण

काठमाडौं । नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालको आगामी निर्वाचनका लागि अध्यक्ष पदका प्रत्यासी उम्मेद्वार करण चौधरीले प्यानल घोषणा गरेका छन् । चौधरीको सो प्यानलमा अटोमावाइल क्षेत्रमा लामो अनुभव बोकेका व्यवसायीदेखि नयाँ युवा पुस्ताका समेत समेटिएका छन् ।

सम्पूर्ण अटोक्षेत्र प्रतिनिधित्व गर्ने चार पाङग्रे, दुई पाङग्रे, व्याट्री, लुब्रीकेन्ट, टायर, स्पेयर पार्टस्, हेभिइक्युपमेन्ट, सवै क्षेत्रलाई समेटर टिम बनेको चौधकरीले जनाएका छन् ।

प्यानलमा अनुपकुमार बराल, सुरेन्द्र कुमार उप्रेती (सुरेश), विक्रम सिंघानिया, राजनबाबु श्रेष्ठ, अभिक ज्योती, मिलनबाबु मल्ल, निलमणि पाठक (राम), पंकज अग्रवाल, राजेन्द्र अग्रवाल, वर्ण न्यौपाने, सुनिल रिजाल, वरदान बस्नेत, निशान ढकाल, प्रकाश कपुरी, देवराज भण्डारी, गोपाल भट्टराई र गंगाराज भट्टराई छन् ।

‘हाम्रो समूहमा अनुभव र जोशको उत्तम समिश्रण छ,’ चौधरीले बुधबार आयोजित प्यानल घोषणा कार्यक्रममा भने, ‘त्यसैले अनुकलता र प्रतिकुलता दुवैमा अटोमोबाइल क्षेत्रलाई सन्तुलित तरिकाले विकास गर्दै अघि बढ्न हाम्रो टिम सक्षम छ ।’

You might also like

Comments are closed.

Secret Link