पोखरा सिटी टुर गाइड एशोसिएशनको अध्यक्षमा गौतम

पोखरा । पोखरा सिटी टुर गाइड एशोसिएशनको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनबाट दिनेश गौतम सर्वसम्मत अध्यक्षतामा चयन चयन भएका छन् ।

अधिवेशनबाट प्रथम उपाध्यक्ष निर्मला सुवेदी, द्वितीय उपाध्यक्षमा आनन्द गुरुङ, सचिवमा सरस्वती थापा, कोषाध्यक्षमा बुद्धिसागर देवकोटा, सहसचिवमा खमानसिंह गुरुङ सर्वसम्मत चयन भएका छन् । यसैगरी सदस्यमा झपेन्द्रबहादुर भुजेल, तुलसी अधिकारी, पुष्पराज पौडेल र प्रेमप्रसाद सुवेदी रहेका छन् । नवनिर्वाचित अध्यक्ष गौतमले पोखराको पर्यटन क्षेत्रको विकासका लागि सिटी टुर गाइडको महत्वपूर्ण भूमिका रहेको जनाउँदै आगामी दिनमा संस्थाको उद्देश्यअनुरुप कार्ययोजना बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले संस्थाको दायरा र क्षेत्र फराकिलो हुने गरी संस्थाको नाम ‘गाइड एशोसिएशन अफ पोखरा’ हुने गरी नाम परिवर्तन हुने पनि जानकारी दिए ।

शुभारम्भ सत्रमा पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले कोभिडको कारण रोजगार गुमाउन बाध्य गाइडलाई राज्यबाट नै विशेष प्याकेज ल्याएर भूमिका खेल्नुपर्ने जनाउँदै परिषद्ले पनि गण्डकी प्रदेश सरकारलाई यस विषयमा ध्यानाकर्षण गराइरहेको अवगत गराए ।

कार्यक्रमका अध्यक्ष कृष्ण भारतीले संस्थालाई विभिन्न समयमा सुझाव, सल्लाह र सहयोग पु¥याउने व्यक्तिलाई सम्मान पत्रद्वारा सम्मान गरेका थिए । संस्थामा ४७ सदस्य रहेको र पर्यटकीय नगरी पोखरा तथा आसपासका क्षेत्रमा पर्यटन दूतको रुपमा काम गरेर देशलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन उनीहरुको भूमिका महत्वपूर्ण रहेको उनले बताए । कार्यक्रममा परिषद् आबद्ध सङ्घसंस्थाका पदाधिकारी र पर्यटन व्यवसायीको सहभागिता रहेको थियो ।

 

You might also like

Comments are closed.