हाम्रो कामबाट व्यवसायीहरु सन्तुष्ट रहेकाले जित सुनिश्चित छ : रिजाल

सुनिल रिजाल, कार्यसमिति सदस्य पदको उम्मेदवार, नाडा

काठमाडौं । अटोमोबाइल व्यवसायमा बिगत २८ वर्षदेखि आबद्ध सुनिल रिजाल अटोमोबाइल व्यवसायीहरुकै छाता संस्था नाडामा पनि ८ वर्षदेखि प्रत्यक्ष आबद्ध छन् । नाडामा २ कार्यकाल महासचिव भएर काम गरिसकेका उनी यस अगाडि एक कार्यकाल कोषाध्यक्ष र एक कार्यकाल कार्यसमिति सदस्य भएर काम गरेका छन् ।

अबको कार्यसमितिमा उनी नाडाको उपाध्यक्ष बन्ने तयारीमा छन् । नाडामा विधानत अध्यक्षमा मात्रै प्रत्यक्ष निर्वाचन हुन्छ । अन्य पदाधिकारी कार्यसमिति सदस्यबाट चयन हुन्छ । त्यसैले उनी आगामी कार्यकालको लागि पनि कार्यसमिति सदस्य पदमा उम्मेदवार बनेका छन् । मंसिर २२ र २३ गते नाडाको ४५औं साधारणसभा अन्तर्गतको निर्वाचनमा रिजालले अध्यक्षका उम्मेदवार करण चौधरी प्यानलबाट उम्मेदवारी दर्ता गरेका छन् ।

बर्तमान र बिगतमा आफूहरुले गरेका कार्यबाट व्यवसायीहरु सन्तुष्ट रहेकाले आफूसहित आफ्नो प्यानलको जित सुनिश्चित रहेको रिजालको दावी छ । ‘अटो मोबाइल व्यवसायमा मेरो २८ वर्षको अनुभव छ,’ उनले भने, ‘८ वर्षसम्म विभिन्न पदमा रहेर नाडामा काम गरिसकेको छु । आगामी दिनमा अझै जिम्मेवार भएर काम गर्ने तयारीका साथ चुनावी मैदानमा होमिएको छु ।’

निर्वाचनमा पुरै प्यानलकै जित हुने रिजालको दावी छ । ‘देशभरका व्यवसायीहरुको प्रतिक्रियाबाट हामी उत्साही छौं,’ उनले भने ।

यसैबीच, नाडाको साधारणसभाको सम्पूर्ण तयारी पुरा भएको रिजालले जानकारी दिए । कार्यक्रम सफल बनाउन भूमिका खेल्ने सम्पूर्णप्रति महासचिव रिजालले आभार व्यक्त गरेका छन् ।

lcci
You might also like

Comments are closed.