थप २३६ मा कोरोना संक्रमण, सक्रिय संक्रमित कति ?

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २३६ मा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस अवधिमा नौ हजार १७८ को पिसीआर परीक्षण गरिएको थियो ।

यससँगै नेपालमा पिसीआर परीक्षण गरिएका संक्रमितको सङ्ख्या ८ लाख २३ हजार ९०८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । एन्टिजेन विधिबाट परीक्षण गर्दा संक्रमितको सङ्ख्या ९५ हजार ७७० पुगेको छ । पछिल्लो समय थप ३०७ जना कोरोनाबाट निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या ८ लाख ६ हजार ५४४ पुगेको छ । निको हुने दर ९७ दशमलव ९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५५३ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत छ । त्यसैगरी पछिल्लो समय दुई लाख ६६ हजार ९८८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।

हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या ५ हजार ८८३ छ । हाल होम आइसोलेशनमा पाँच हजार ६०६, संस्थागत आइसोलेशनमा २७७, सघन उपचार कक्षमा ११२ र भेन्टिलेटरमा २७ जनाको उपचार हुँदैछ ।

 

lcci
You might also like

Comments are closed.