ओझेलमा परेका पर्यटकीय गन्तव्यको पहिचान गर्न हाइकिङ

पोखरा । ट्रेकिङ एजेन्सीज् एशोसिएसन अफ नेपाल (टान), पश्चिमाञ्चल क्षेत्रिय संघ ,पोखराको आयोजना, पोखरा महानगरपालिका बडा नम्बर १६ र १९ को समन्वय एवं स्थानीय पर्यटन व्यबस्थापन समितीको व्यबस्थापनमा हाइकिङ सम्पन्न भएको छ ।

ओझेलमा परेका पर्यटकीय महत्वले प्रचुर सम्भावना बोकेका पदयात्रा क्षेत्रहरुको अध्ययन ,अनुसन्धान ,प्रबर्धन एवं बजारीकरण गर्ने उद्घेश्यका साथ ‘ओझेलमा परेका पर्यटकीय गन्तव्यहरुको पहिचान गरौं, दिगो पर्यटन बिकास, प्रबर्धन र संरक्षण गरौ’ भन्ने नाराका साथ घार्मी–कुरेचौर–ढिकिडाँडा–मूलाछनी–कोटडाँडा–झुप्राङकोट–गर्याङहोमस्टे सम्मको १ दिवसीय हाईकिङ शनिबार सम्पन्न भएको हो ।

संघीय सांसद एवं पूर्वमन्त्री माननीय जगत बहादुर बि.क को प्रमुख अतिथ्यतामा हाइकिङ कार्यक्रम सम्पन्न् गरिएको हो । । पदयात्रा कार्यक्रमको शुरुवात घार्मीबाट गरिएको थियो उक्त स्थान लगायत ठाउँ ठाउँमा स्थानीयहरुले बाजागाजाले भव्य स्वागत गरेका थिए । पदयात्राको फर्कने बेला गर्लाङ गाउँको सामुदायिक होमस्टको अवलोकनका क्रममा सहभागीहरुलाई न्यानो आतिथ्यता प्रदान गरिएको थियो । बिहान ढिकीडाँडा(हरिपाउ) र दिउसो झुप्राङकोटमा आयोजना गरिएको औपचारिक कार्यक्रमको सभापतित्व संघका अध्यक्ष सुशीलराज पौडेलले गरेका थिए ।

कार्यक्रममा बोल्दै संघीय सांसद एवं पूर्वमन्त्री माननीय जगत बहादुर बि.कले गण्डकी प्रदेशको समृद्धिको आधार नै पर्यटन भएकाले दिर्घकालीन योजनाका साथ घार्मी–कुरेचौर–ढिकिडाँडा–मूलाछनी–कोटडाँडा–झुप्राङकोट पदमार्ग रुटलाई प्रबर्धन गर्न दिर्घकालिन योजनाका साथ अघि बढ्नुपर्ने बताए ।

पोखरा महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष जीबन आचार्यले पोखराबाट नजिकको दुरीमा रहेर पनि ओझेलमा परेका ऐतिहारिक महत्व बोकेका यस सुन्दर पर्यटकीय स्थलहरुको प्रर्बधन गर्न यो कार्यक्रम फलदायी हुने र आगामी दिनमा टान गण्डकीसंग सहकार्य गरि सो रुटको प्रबर्धन गरिने बताए । संस्थाका अध्यक्ष सुशीलराज पौडेल ज्यूले आगामी दिनमा यस रुटको प्रबर्धन गर्न आइटनी बनाई आफना सदस्य कम्पनी माझ पठाई पोखरा नजिकको यस हाईकिङ गन्तव्य अन्तर्राष्ट्रिय स्तरमा बजारीकरण समेत गरिने बताए । साथै कार्यक्रममा उत्साहजनक उपस्थितीका लागी सम्पुर्णलाई धन्यवाद समेत ज्ञापन गरे ।

उक्त कार्यक्रममा टानमा आवद्ध सदस्य कम्पनीका प्रतिनिधीहरु,पोखराका पर्यटकीय संघसंस्थाका प्रतिनिधीहरु, मजदुर संगठनका प्रतिनिधीहरु ,पत्रकारहरु, स्थानीय गाउँपालिकाका अध्यक्ष ,जनप्रतिनिधी , स्थानीय पर्यटन व्यबसायी , समाजसेवी तथा स्थानीयहरु सहित २ सय जनाको सहभागीतामा थियो । हाईकिङ कार्यक्रमको संयोजन कार्यसमिती सदस्य एव संयोजक गोपाल कृष्ण संग्रौलाले गरेका थिए भने कार्यक्रमको संचालन संस्थाका सचिव मिलन तिवारीले गरेका थिए ।

You might also like

Comments are closed.