अंग्रेजी नयाँ वर्षमा नयाँ यामाहा चढ्ने अवसर, देशभरका शोरुममा एक्स्चेन्ज मेला

काठमाडौं । लोकप्रिय टु ह्विलर ब्राण्ड यामाहाले देशभरका शोरुममा एकसाथ एक्स्चेन्ज मेला आयोजना गर्ने भएको छ । अँग्रेजी नयाँ वर्षको सन्दर्भ पारेर यामाहाले एक्स्चेन्ज मेला गर्न लागेको हो ।

पुस ११ देखि १६ गतेसम्म देशभरका सबै यामाहा शोरुममा एकसाथ एक्स्चेन्ज मेला हुने आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रीले आर्थिक आवाजलाई जानकारी दिए । मेला अवधिभर नगद ७ हजार रुपैयाँ छुटसहित एसेसरिज निःशुल्क उपलब्ध हुनेछ । पुरानो मोटरसाइकल तथा स्कुटर एस्क्चेन्ज गर्दा बजार मूल्यभन्दा अतिरिक्त १० हजार रुपैयाँ  मूल्यांकलन हुने क्षेत्रीले जानकारी दिए । शून्य प्रतिशत ब्याजदरमा अन द स्पट फाइनान्स सुविधा, न्युनतम डाउन पेमेन्ट र न्युनतम किस्ता सुविधामा यामाहा खरिद गर्ने अवसर मेला अवधिभर ग्राहकले पाउनेछन् ।

‘नयाँ वर्षमा नयाँ यामाहा चढ्ने अवसर एक्स्चेन्ज मेलामा ग्राहकले पाउनेछन्,’ उनले भने, ‘यो अवसरको लाभ लिन म सबैमा अनुरोध गर्दछु ।’ देशभर यामाहाका १ सय १ वटा शोरुम र १ सय १ वटा नै आधिकारिक सर्भिस सेन्टर रहेका छन् ।

बिक्री पछिको सेवालाई प्राथमिकतामा राख्दै यामाहाका ग्राहकले सेवा प्रदान गरिरहेको कम्पनीले जनाएको छ ।

lcci
You might also like

Comments are closed.